Division ban Pahalmanpur

आन्दोलनमा उत्रेका चिकित्सक र स्वास्थ्यकर्मीहरू काममा फर्किय

Sostya office Dadeldhura
Purbadhar dadeldhura

बैतडी- जाेखिम भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका छन् । गएको आइतबार देखि आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रेका चिकित्सक र स्वास्थ्यकर्मीहरू पुनः काममा फर्केका हुन् ।

आन्दोलन फिर्ता भए संगै चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका सबै सेवाहरू सुचारू भएका अस्पतालका प्रमुख डाक्टर सुशील बिकले बताउनु भयाे

स्वास्थ्यकर्मी र चिकित्सकहरूले उठाएका मागका विषय सम्बोधन गर्नका लागि १० दिनको समय माग गरिएकाले अस्पताल विकास समिति संगको सहमतिमा आन्दोलन स्थगित गरिएको जनाएको छ ।

Malpot office jogbudha

गएको ९ महिना देखि अतिरिक्त भत्ता, जोखिम भत्ता बाफतको रकम नपाएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आकस्मिकबाहेकका सेवा ठप्प पारेर आन्दोलित भएका थिए ।

चिकित्सक र स्वास्थ्यकर्मीहरूको माग सम्बोधनका लागि मन्त्रालयले मागेका आवश्यक कागजात र अन्य प्रक्रियाहरू पुर्याउनका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको हाे

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशाला कर्मीहरूको अतिरिक्त भत्ता, जोखिम भत्ता बापतको रकम निकासा नदिँदा समस्या भएको थियाे

जिल्ला अस्पतालका सेवाहरू सुचारु भएपछि बिरामीहरूलाई सहज भएको छ । स्वास्थ्यकर्मी र चिकित्सकहरू आन्दोलित भएपछि बिरामीहरूलाई मार्का परेको थियो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...