Division ban Pahalmanpur

बागमती माथि शानदार जित निकाल्दै सुदूरपश्चिम फाइनलमा

Sostya office Dadeldhura
Purbadhar dadeldhura

सुदूरपश्चिम प्रदेश काठमाडौंमा जारी तेस्रो संस्करणको ललितपुर मेयर्स कप क्रिकेटकाे फाइनलमा प्रवेश गरेकाे छ । आज सम्पन्न खेलमा बागमती प्रदेशमाथि १०९ रनकाे शानदार जीत निकाल्दै सुदूरपश्चिम उपाधि नजिक पुगेकाे हाे

Malpot office jogbudha

सुदूरपश्चिमले दिएकाे १५८ रनकाे विशाल लक्ष्य पछ्याएकाे बागमती १६.१ ओभरमा ४८ रनमा अलआउट भयाे। उसका करिश्मा गुरूङले १६ रन बनाउनुबाहेक अन्य ब्याटरले दाेहाेराे अंकमा रन बनाउन सकेनन् । बागमतीकाे पारी ध्वस्त पार्ने क्रममा सुदूरपश्चिमका रितु कनाैजियाले ३ , लक्ष्मी साउँदले २, कविता जाेशीले २, करिश्मा थापाले १ र कप्तान बिन्दु रावलले १ विकेट हात पारे ।

यसअघि त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १५७ रन जोड्यो । प्रतियोगितामा दाेस्राे अर्धशतक प्रहार गरेकी सम्झनाले ४७ बलमा १० चौकासहित ७४ रनमा अविजित रहिन् । 

यस्तै कप्तान बिन्दु रावलले २८,रूवी पाेद्दारले २८ र कविता जाेशीले २० रनकाे याेगदान गरिन् । बागमतीका लागि करिश्मा गुरूङले १ विकेट हात पारिन् ।जितसंगै सुदूरपश्चिम चार खेलबाट तीन जित सहित ६ अंक जाेड्दै अंक तालिकाकाे दाेस्राे स्थानमा रहदै फाइनलमा पुगेकाे छ । एपीएफ क्लब ४ खेलबाट ८ अंक जाेड्दै फाइनलमा पुगेकाे हाे । यी दुबै टाेली बीच फाइनल भिडन्त शनिबार हुनेछ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...