Satyawati
Division ban Pahalmanpur

धनगढीमा ५ दिने आत्मरक्षा तालिम सुरु

Purbadhar dadeldhura

धनगढी- महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले कैलालीको धनगढीमा ५ दिने आत्मरक्षा तालिम सुरु भएको छ । प्रहार नेपालको आयोजना र प्रदेश युवा परिषद् सुदूरपश्चिमको मुख्य सहयोगमा जेठ ५ गते सम्म तालिम जारी रहने छ ।

Malpot office dadeldhura

तालिममा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहबाट सहभागिता रहेको छ । समाजमा बढिरहेका हिंसा रोक्न तालिमले ठूलो भूमिका खेल्ने प्रहार नेपालका अध्यक्ष प्रकाश कुमार चन्दले जानकारी दिए ।

चन्दले यस अघि पनि विभिन्न जिल्लाका विभिन्न पालिकामै पुगेर यस्तो किसिमको तालिम आयोजना गरेका थिए । उक्त तालिम निकै प्रभावकारी भएको सहभागीहरूले बताएका छन् ।

Dadeldhura Aspatal & Ban
Loading...