भासिएको १० महिनापछि बूढीतोला सडकखण्ड मर्मत गरिँदै

कैलाली- कैलालीको गोदावरी नगरपालिका–४ स्थित भीमदत्त राजमार्गअन्तर्गत बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिने भएको छ । सडक डिभिजन कार्यालय कञ्चनपुरका इञ्जिनीयर तारानाथ सिग्देलले सडकखण्ड मर्मतका लागि जीएसआई हटैराज जेभी निर्माण कम्पनीसँग ६ करोडमा ठेक्का सम्झौता भएको बताए । गत साउन २३ गते पहिरो गएपछि सडक झण्डै चार सय मिटर भासिएको थियो ।

सम्झौताअनुसार सडक माथिको भाग कटान गर्ने र तलबाट आधुनिक पर्खाल निर्माणका साथै पानी निकास हुने गरी निर्माण गरिने इन्जिनीयर सिग्देल बताए । हाल भासिएको सो सडक सञ्चालनका लागि अस्थायी रूपमा मर्मत गरिए पनि सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ।

Navadurga sun

राजमार्गको भ्यागुतेपानी, बूढीतोला लगायतका क्षेत्रमा वर्षातका बेला पटक–पटक पहिरो जाने गरेका कारण सुदूरपश्चिमका सात पहाडी जिल्लामा हरेक वर्ष समस्या हुने गरेको छ । सोही सडकखण्डको भ्यागुते पानीमा १ सय ५० मिटर सडक कालोपत्रका लागि ४० लाखमा ठेक्का सम्झौता भइसकेको छ । रासस

ADD Khali jpg
Loading...