Satyawati
Division ban Pahalmanpur

कैलालीको अत्तरियामा व्यवस्थित र फराकिलोका लागि बसपार्क बिस्तार गरिदै

Purbadhar dadeldhura

अत्तरिया- कैलालीको अत्तरिया बसपार्कलाई बिस्तार गरिएको छ । अहिले बसपार्क रहेको ठाउँ भन्दा उत्तर तर्फ ट्राफिक बिटको पछाडी दुर्गालक्ष्मी सामुदायिक बनको खाली जग्गामा बिस्तार गरिएको हो ।

पछिल्लो समयमा नेपाली सेनाले बसपार्कको अधिकांश भाग आफ्नो नाममा पर्ने भन्दै आएकोले र नगरको तर्फबाट यसलाई सावधान गरी दीर्घकालीन रुपमा बसपार्कलाई डिपिआरको योजना अनुरूप प्रदेश राजधानीको शहरमा रहेको अत्तरिया बजारको छेउमै बसपार्क निर्माणको लागि जमिन बिस्तारको कार्य अगाडि बढेको छ ।

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले अहिले बसपार्क बिस्तारको आफ्नै स्रोत र साधनले भ्याए सम्म काम अगाडि बढाएको र भविष्यमा वृहत डिपिआर अनुसार काम अगाडि बढाउनका लागि ठाउँ बिस्तार गरिएको जानकारी दिएका छन । अहिलेको काममा सडक छेउमा रहेको खाली जमिनमा बसपार्क बिस्तार गरेको र आगामी दिनमा यस क्षेत्रमा व्यवस्थित रुपमा व्यापारिक प्रयोजनका लागि कमपेल्स सहितको योजना अगाडि बढाएको जानकारी दिएका छन ।

गोदावरी नगरपालिकाले बसपार्क आफ्नो मातहतमा ल्याउन सुदूरपश्चिमको पेतना समेत रहेको तेघरी स्थित नेपाली सेना र काठमाडौंमा उच्च तहमा छलफल गर्दै आएको भए पनि निकास भने निस्किन सकेको छैन । नगरपालिकाका नगर प्रमुख भट्टले सेनालाई बसपार्क क्षेत्र छोडेर सट्टामा अर्को ठाउँमा दिने प्रस्ताव पेस गरेको भए पनि सेनाबाट ठोस निर्णय नआएको बताए । उनले बसपार्क लगायतको क्षेत्र फिर्ता लिने विषयमा समय समयमा छलफल भने जारी नै रहेको बताए । 

आशा छ कुनै न कुनै दिन नेपाली सेनाले अत्तरिया बासीका लागि सुदूरपश्चिमको प्रवेश द्वारमा रहेको बसपार्कको विकासमा विरोधी नभई दिन समेत आग्रह गरेका छन । नगरपालिकाले सेनाको नाममा रहेको अत्तरिया बसपार्क सहित साढे १७ हेक्टर जग्गाको साटो सेनाको ब्यारेक सँगै जोडिएको २० हेक्टर जग्गा दिने प्रस्ताव पेस गरेको थियो ।

Malpot office dadeldhura

एक दशक देखि सेनाले दाबी गरेको जग्गामा बसपार्क मात्रै नभएर अन्य निजी तथा सार्वजनिक संरचना निर्माण भएका छन् । निजी संरचना निर्माण हुँदा पनि सेना मौन बसेको थियो । स्थानीयले भने २०३६ सालदेखि बसेकाले सेनाले राजा ज्ञानेन्द्रको शाही सैनिक कालमा सो क्षेत्र एकलौटी आफ्नो नाममा गरेको बताउँदै आएका छन् । यसबीच नगरपालिकाले सेनाबाट उक्त जग्गा आफ्नो मातहतमा ल्याउनको लागि प्रयास गरे पनि अझै सफल हुन सकेको छैन ।

२०६८/०६९ साल तिर बस बिसौनी र छेउमै फोहोर डंगुरले भरिएको खाल्डो बाट परिमार्जित र विकास हुँदै अत्तरिया बसपार्कको नामले काम शुरु गरिएको थियो । तत्कालीन बसपार्क समितिका अध्यक्ष गोकर्ण भट्टले वनको जग्गामा विवाद हुने हुँदा बस बिसौनीको नामबाट निर्माण शुरु गरिएको बताए थिए ।

सुदूरपश्चिमका नौ जिल्लाको जक्सनको रूपमा रहेको अत्तरियामा सवारी साधनको चाप बढ्न थालेपछि अत्तरियाको पहाड रोडमा दुर्गालक्ष्मी सामुदायिक वनको खाली क्षेत्रमा ग्राभेल भरान गरेर बसपार्क निर्माण गरिएको थियो ।

सुदुरपश्चिम कै नमूना बसपार्क बनाउने गरी काम थालिएको तर भोगाधिकारको समस्या पटक पटक नेपाली सेनाले होडिङ बोर्ड टाँस्दै निर्माण काममा अवरोध गर्दै आएका थिए । अत्तरियामा बसपार्क नहुँदा उक्त समयमा सडकमै बसहरू राख्ने प्रचलन थियो।

ग्राभेल मात्रै बिछ्याइयो बसपार्कलाई नगरपालिकाले कालोपत्रे सहित स्तरोन्नति गर्ने योजना अघि सारेको भए पनि सेनाले अवरोध गरेको जनाउँदै आएको छ । चालु आर्थिक वर्षमा पनि बसपार्क मर्मतको लागि १० लाख विनियोजन गरेकोमा सेनाले काम रोकेको नगरपालिकाको भनाई छ ।

विगत केही वर्ष यता नगरपालिका कै मातहतमा बसपार्क रहँदै आएको छ । नगरपालिकाले ठुलो लगानी गरेर बिभिन्न समितिहरूको लागी टिकट काट्न सहज होस भनेर सुविधा सम्पन्न काउन्टर पनि बनाएको छ ।

बसपार्क क्षेत्रको उक्त जग्गा सहित अत्तरियाको धेरै वन क्षेत्रको जग्गा अहिले नेपाल सेनाको नाममा गएको छ । सेनाले उक्त जग्गाको लालपुर्जा समेत पाइसकेको स्रोतको दाबी छ ।

Dadeldhura Aspatal & Ban
Loading...