Satyawati
Division ban Pahalmanpur

सुदूरपश्चिमका तीन पालिकामा फोहर प्रशोधन केन्द्र बन्दै

Purbadhar dadeldhura

कैलाली- सुदूरपश्चिमका दुई जिल्लाका तीन पालिकामा फोहर व्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माणकार्य भइरहेका छन् । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहर प्रशोधन केन्द्र निर्माण भइरहेका क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीले जनाएको छ ।

आयोजना कार्यान्वयन इकाई धनगढीका इन्जिनियर सञ्जीव शाहले तीन वटै पालिकामा फोहरमैला प्रशोधन केन्द्र निर्माणको काम जारी रहेको बताए । उनका अनुसार गोदावरी नगरपालिकामा निर्माणाधीन प्रशोधन केन्द्रको ८१ दशमलव ५ प्रतिशत भौतिक प्रगति भइसकेको छ । उक्त प्रशोधन केन्द्रको निर्माण दुई वर्षमा सक्ने लक्ष्यसहित सिचुवान–प्रोभिन्स, जिवोलोजिकल इञ्जिनियरिङ कम्पलेक्स कम्पनी लिमिटेडले काम गरिरहेको छ । ५२ करोड ४८ लाख रुपैयाँमा निर्माण भइरहेको प्रशोधन केन्द्र निर्माण पछि अत्तरिया बजारसहित पालिकाको फोहर व्यवस्थापनमा सहज हुने स्थानीयको भनाइ छ ।

Malpot office dadeldhura

त्यसैगरी धनगढी उपमहानगरपालिका–७ पटेलास्थित सामुदायिक वनको जग्गा प्राप्तिपछि हालै यहाँ प्रशोधन केन्द्र निर्माणको काम सुरू भएको इन्जिनियर शाहले जानकारी दिए । “रूख कटान गर्न प्रक्रियागत कारणले केही ढिलाइ भएपनि अहिले सबै प्रक्रिया पूरा गरेर निर्माणस्थलमा रूख कटानको काम भइरहेको छ”, उनले भने । यहाँ पनि सोही चिनिया कम्पनीले दुई वर्षमा काम सक्ने गरी ८८ करोड रुपैयाँमा ठेक्का पाएको छ ।

त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा निर्माणाधीन प्रशोधन केन्द्रमा पनि ५० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । यहाँ ३० करोड २५ लाख रुपैयाँमा रमन–केएस जेभीले निर्माण कार्य गरिरहेको र बीस महिनाभित्र कार्यसम्पन्न गर्ने सम्झौता रहेको इन्जिनियर शाहले बताए । एडिबीले सुदूरपश्चिमका ४ सहरमा सडक पूर्वाधार स्तरोन्नति सहित आधुनिक सडक निर्माणमा सहयोग गरिरहेको छ ।

यहाँ धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र भीमदत्त नगरपालिकालाई आधुनिक सहर बनाउने योजना सहित बजार क्षेत्रको पूर्वाधार निर्माण भइरहेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिकाले भने फोहरमैला प्रशोधन केन्द्रका लागि जग्गा उपलब्ध गराउन सकेन ।

यहाँको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराले फोहर मैला व्यवस्थापन केन्द्र बने नगरको फोहर व्यवस्थापनमा निकै सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले प्रशोधन केन्द्रमा स्वास्थ्य जन्य फोहरका लागि प्लान्ट थप्ने विषयमा पहल भइरहेको समेत बताए ।

Dadeldhura Aspatal & Ban
Loading...