Satyawati
Division ban Pahalmanpur

धनगढीमा क्यान्सर परीक्षण शिविर लाग्ने

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- धनगढीमा क्यान्सर परीक्षण शिविर लाग्ने भएको छ । धनगढी उपमहानगरपालिका र बीपी कोइराल क्यान्सर अस्पताल भरतपुरको संयुक्त आयोजनामा जेठ ११ र १२ गते क्यान्सर परीक्षण शिविर लाग्ने भएको हो । क्यान्सर परीक्षण शिविर यो पटक उपमहानगरको दुई स्थानमा लाग्ने भएको छ ।

जेठ ११ गते शुक्रवार धनगढी–१२ जुगेडाको नवदुर्गा आधारभूत विद्यालय र १२ गते शनिवार वडा नम्बर ११ को सहरी स्वास्थ्य केन्द्र घोडसुवामा शिविर लाग्ने उपमहानगरले जनाएको छ । शिविरमा विभिन्न क्यान्सरको चेकजाँच र परीक्षण गरिने छ । ३० वर्ष माथिका महिलाको पाठेघरको सम्भावित क्यान्सरको निःशुल्क चेकजाँच हुने उपमहानगरले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...