सुदूरपश्चिम प्रदेश सरकारबाट ३४ प्रतिशत बजेट खर्च

अत्तरिया- सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत बजेटमात्र खर्च गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को साउन देखि वैशाख मसान्त सम्मको १० महिनाको अवधिमा प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव ५ प्रतिशत अर्थात्  १० अर्ब ६४ करोड ६३ लाख खर्च गरेको हो । सो अवधिमा प्रदेश सरकारले चालुतर्फ ५ अर्ब ३ करोड ४४ लाख र पूँजीगत तर्फ ५ अर्ब ६१ करोड १८ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय कैलालीका सूचना अधिकारी यज्ञराज पाण्डेयले बताए ।

Ganyapdhura gau
Dadeldhura hospital

उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले सबै भन्दा बढी  ४ अर्ब ९२ करोड ३१ लाख बजेट खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले २ अर्ब ४७ करोड ९ लाख रुपैयाँ, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ७८ करोड ७१ लाख र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ७१ करोड १८ लाख खर्च गरेको उनले बताए ।

Navadurga sun
Godawari sandesh

सूचना अधिकारी पाण्डेयका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १४ करोड ६२ लाख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १४ करोड ९ लाख र आर्थिक मामिला मन्त्रालयले ६ करोड ६६ लाख खर्च गरेको छ । त्यस्तै, प्रदेश व्यवस्थापिकाले १० करोड १६ लाख, प्रदेश लोक सेवा आयोगले चार करोड चार लाख र प्रदेश नीति तथा योजना आयोगले एक करोड ७३ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले चालु आवका लागि कूल  २९ अर्ब २८ करोड ४० लाख बजेट विनियोजन गरेको थियो । त्यस मध्ये चालुतर्फ  ११ अर्ब ९६ करोड १६ लाख, पूँजीगततर्फ  १७ अर्ब २ करोड २३ लाख र वित्तीय व्यवस्थापन तर्फ ३० करोड बजेट विनियोजन गरेको थियो । रासस 

Loading...