Satyawati
Division ban Pahalmanpur

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

Purbadhar dadeldhura

काठमाडौं– सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम मंगलबार (आज) पेस हुँदै छ । नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस गर्ने कार्यसूची छ ।

Malpot office dadeldhura

सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले वाचन गर्ने परम्परा छ । यसका लागि मंगलबार दिउँसो ३ बजेका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ । संघीय संसद् सचिवालयले २ः४५ भित्र औपचारिक पोशाकमा संसद् हलमा प्रवेश गरिसक्न सांसदहरूलाई सूचना जारी गर्दै आग्रह गरिसकेको छ ।

तर संसद्‌को गतिरोध अन्त्य गर्ने विषयमा भएको सत्तारुढ दलको छलफलमा जुटे पनि कुनै निष्कर्षमा पुगेका छैनन् । दलहरुको आ–आफ्नै अडानले आज पेश हुने नीति तथा कार्यक्रम नै प्रभावित हुने जोखिम देखिएको छ । नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्राछुट्टै छलफल गरिने छ ।

प्रतिनिधिसभा बैठकमा जेठ ३, ४, ६, ७, ८ र ९ गते छलफल हुने र अन्तिम दिन पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यसैगरी राष्ट्रिय सभामा भने जेठ ३, ४ र ६ गते सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । त्यसपछि सरकारले आगामी वर्षको बजेट जेठ १५ मा ल्याउनै पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

Dadeldhura Aspatal & Ban
Loading...