बैतडीको पाटन नगरपालिका ८ नं. वडा कार्यालयमा तालाबन्दी

बैतडी, १२ साउन- बैतडीको पाटन नगरपालिका वडा नं. ८ को कार्यालयमा तालाबन्दी गरिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आफूहरूलाई न्यून ज्याला दिएको भन्दै कामदाहरुले तालाबन्दी गरेका हुन्।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ५ सय १७ रुपैयाँका दरले ज्याला पाउनुपर्ने भएपनि आफूहरूलाई प्रतिव्यक्ति ६४ रुपैयाँका दरले मात्रै ज्याला दिएको कामदारहरूले बताएका छन्। १९ लाखको योजनामा काम कम भएको भन्दै नगरपालिकाबाट २ लाख मात्रै निकासा भएको छ।

Navadurga sun

वडाअध्यक्ष पृथ्वीराज पन्तले कामको मूल्याकंनका लागि नगरपालिकाको रोजगार शाखामा पटक–पटक आग्रह गरेको भएपनि नगरपालिकाबाट प्राविधिक नआएको बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...