कञ्चनपुर- कञ्चनपुरबाट नगद सहित ६ जना जुवाडे पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–५ बनखेत स्थित शंकर दत्त भट्टले संचालन गरेको हाईवे फास्ट फुडमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालक भट्ट सहित ६ जना पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले फास्ट फुडमा चेकजाँच गर्दा नगद ६१ हजार २ सय र १ गड्डी तास सहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।