Satyawati
Division ban Pahalmanpur

लामो समयको खडेरीपछि वर्षाले डढेलाे नियन्त्रणमा

Purbadhar dadeldhura

बैतडी- लामो समयको खडेरीपछि बर्षा हुँदा सुदूरपश्चिमका किसानहरु खुसी भएका छन् । बर्षा भएपछि मकै छर्न सहज भएको र अन्य बालीनालीहरुमा पनि फाइदा पुगेको बैतडीको दोगडाकेदार गाउँपालिका ३ का किसान फुनडी विष्टले बताउनुभयो । उहाँले भन्नुभयो,” लामो समयको खडेरीपछि भएको आकासेपानीले राहत मिलेको छ, यसले मकै झर्न र अन्य बालीनालीलाई पनि फाइदा पुग्यो ।”

Malpot office dadeldhura

लामो समयको खडेरीपछि भएको बर्षाले तरकारी बाली र फलफूल खेतीमा सिँचाइको काम गरेको दार्चुलाको लेकममा किसान मानबहादुर कार्कीले बताउनुभयो । मकै छर्न ठिक्क भएका किसानहरु बर्षा भएपछि खुसी भएका छन् । उहाँले भन्नुभयो,” वैशाख अन्तिम तथा जेठ पहिला साता मकै छर्ने गरिएकोमा यो बर्षाले निकै सहयोग पुगेको छ ।”

सिँचाइको अभावमा तरकारी बाली र फलफूहरु सुक्न लागेका बेला भएको बर्षाले केही राहत मिलेको बैतडीको दशरथचन्द नगरपालिका १ गुरूखोलाका किसान राजबहादुर टेरले बताउनुभयो । उहाँले भन्नुभयो,”लामो खडेरीले मकै छर्न समस्याका साथै तरकारी र फलफूलका बोट बिरूवा सुक्दै गएको थिए,वर्षाले राहत भएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...