Satyawati
Division ban Pahalmanpur

स्थास्थ्य अधिकार सम्बन्धी बहुसरोकावाला निकायहरु संग संवाद

Purbadhar dadeldhura

अत्तरिया- यौन तथा प्रजनन् स्थास्थ्य अधिकार सम्बन्धी बहुसरोकावाला निकायहरु संग संवाद गरिएको छ । यार्ड नेपालले आज धनगढीमा यौन तथा प्रजनन् स्थास्थ्य अधिकार सम्बन्धी बहुसरोकावाला निकायहरु संग संवाद गरेको हो । संवादमा सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवराज सुनार,विभीन्न स्थानीय तहका शिक्षा शाखा प्रमुखहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।

संवादमा शिक्षा विकास तथा समन्वय इकाइ डोटीका इकाइ प्रमुख भिम प्रसाद पनेरुले आफ्नो प्रस्तुती राखेका थिए । संवादमा आफ्नो भनाई राख्दै सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत सुनारले यौन तथा प्रजनन् स्थास्थ्य अधिकार सम्बन्धी विषयवस्तु विद्यालय स्तरको पाठ्यक्रममा राखिनुपर्ने बताए । स्वास्थ्यलाई वैकल्पीक विषयभन्दा पनि अनिवार्य विषयको रुपमा समेटिनु पर्ने बताए ।

यौन तथा प्रजनन् स्थास्थ्य अधिकार सम्बन्धी विभिन्न ढंगबाट सामाजिक विकास मन्त्रालयले पनि काम गरिरहेको उनले बताए । संवादमा आफ्नो भनाई राख्दै दुर्गालक्ष्मी नमुना माविका प्रधानाध्यापक शिवराज जोशीले यार्डले यौन तथा प्रजनन् स्थास्थ्य अधिकार सम्बन्धी कार्यक्रम विद्यालयमा सञ्चालन गर्दा विद्यार्थीहरु यौनशिक्षाबारे सचेत भएको बताए ।

Malpot office dadeldhura

उनले यार्डले क्लब गठन गर्ने लगायतका काम विद्यालयमा गर्दा यौनिकताका बारेमा विद्यार्थीहरु निर्धक्क भएर बोल्नसक्ने भएको उनको भनाई थियो । त्यस्तै संवादमा आफ्नो भनाई राख्दै पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले यौन तथा प्रजनन् स्थास्थ्य अधिकार सम्बन्धी मिडियाहरुले पनि सहकार्य गरिरहेको बताए । सुदूरपश्चिममा बिट पत्रकारीता नभएको हुँदा प्राथमिकताका साथ विषय उजागर भने हुन नसकेको उनको भनाई थियो ।

सञ्चारमाध्यमले यौन तथा प्रजनन् स्थास्थ्य अधिकार सम्बन्धी सचेतनामुलक लेख,रचना तथा समाचार बनाउनु पर्ने भन्दै उनले सरकारी निकायले यस सम्बन्धी बनाएका निति नियम,विनियोजीत बजेट कार्यान्वयन भए नभएको विषय पनि उठान गर्नु पर्ने बताए । त्यस्तै विणा मावि कृष्णपुरका शिक्षक खडक बहादुर साउँदले यौन तथा प्रजनन् स्थास्थ्य अधिकार सम्बन्धी काम गर्ने क्रममा यार्ड संस्थाले जिज्ञासा बक्स राखेको हुँदा उक्त बक्समा पनि विद्यार्थीले जिज्ञासा हाल्ने गरेको बताए ।

जिज्ञासा हेरेपछी सोहि अनुसार प्रष्ट पार्ने गरेको उनले बताए । त्यस्तै ज्ञानज्योती बोर्डिङ स्कुलका सञ्चालक जगवीर थापाले निजी विद्यालयमा उत्त कार्यक्रम लागु गर्न यार्डलाई आग्रह गरे । संस्थाका कार्यसमिति सदस्य सुस्मिता सेनको अध्यक्षतामा सम्पन्न भएको यौन तथा प्रजनन् स्थास्थ्य अधिकार सम्बन्धी बहुसरोकावाला निकायहरु संग संवादको सञ्चालन प्रोग्राम अफिसर आरती लुहारले गरेकी थिईन् भने संस्थाका प्रमुख महेन्द्र शाहीले पनि प्रस्तुती राखेका थिए ।

यार्ड नेपालले कैलालीको धनगढी उप महनगरपालिका, गोदावरी नगरपालिका तथा कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई कार्यक्षेत्र बनाएर यौन तथा प्रजननका विषयमा विभिन्न कार्यक्रम गर्दै आई रहेको छ ।

Dadeldhura Aspatal & Ban
Loading...