कैलालीको गोदावरी होटल व्यवसायी संघका पदाधिकारीले भेटे कैलाली प्रहरी प्रमुखलाई

अत्तरिया- कैलालीको गोदावरी होटल व्यवसायी संघका पदाधिकारीले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख संग भेट गरेका छन् । संघका अध्यक्ष लक्ष्मण धामी, निवर्तमान अध्यक्ष एवम् केन्द्रिय उपाध्यक्ष धनादेवी चोखाल लगायतका पदाधिकारीले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्ट संग भेट गरेका हुन् ।

भेटका क्रममा उनीहरूले गोदावरी नगरपालिकाको अत्तरिया क्षेत्रका होटल व्यवसायीहरूका समस्या प्रहरी प्रमुख समक्ष राखेका छन् । प्रहरीले पछिल्लो समय होटल व्यवसायीहरू माथी निगरानी बढाएकोले सबै होटल व्यवसायीलाई एकै टोकरीमा हालेर नर्हेन गोदावरी होटल व्यवसायी संघका अध्यक्ष धामीले प्रहरी उपरीक्षक विष्टलाई आग्रह गरे ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

“हामीले इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी साप संग कुरा गर्यौँ, मलाई माथी बाट आएको आदेश पालना गरेको हुँ भन्नुभयो त्यसैले हामी जिल्लामै आउन बाध्य भयौँ धामीले भने ।” प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न भन्दै होटल व्यवसायीलाई समेत धमाधम पक्राउ गर्न थालेपछी खाजा खान आउने ग्राहक समेत तर्सिएको उनीहरूको गुनासो छ ।

गोदावरी होटल व्यवसायी संघकी निवर्तमान अध्यक्ष एवम् केन्द्रिय उपाध्यक्ष चोखालले प्रहरीले होटलहरुलाई वर्गीकरण गरी त्यसै अनुसार निगरानी गर्नुपर्ने बताईन् । “सबै होटल एकैखालका छैनन्, निर्दोष होटल तथा सञ्चालकहरुले पनि दुख भोग्नु परिरहेको छ उनले भनिन् ।”

अनैतिक गतिविधि गर्नेका विरुद्ध आफुहरु पनि रहेको भन्दै चोखालले प्रहरीलाई सघाउन पनि तयार रहेको बताईन् । छलफलका क्रममा प्रहरी उपरीक्षक विष्टले आफुले माथीको आदेश बमोजिम इलाका प्रहरी कार्यालय मालाखेतीलाई निर्देशन गरेको बताए । इमानदारी तथा मापदण्ड बमोजिम व्यवसाय गरे प्रहरी बाधक नबन्ने भन्दै उनले कानुनको पालना सबैले गर्नुपर्ने बताए ।

Loading...