त्रिवि इतिहासमै सर्वाधिक अङ्क ल्याए एसपीएका उप–प्राध्यापक ओझाले

धनगढी- त्रिभुवन विश्वविद्यालयको इतिहासमा सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज) का उप–प्राध्यापक दीपकराज ओझाले सर्वाधिक अङ्क ल्याएका छन् । ओझा त्रि.वि. भौतिक शास्त्र संकाय, स्नातकोत्तर तहमा इतिहासकै सर्वाधिक ४.० ग्रेड प्राप्त गर्ने दोस्रो  विद्यार्थी हुन् । उक्त उपलब्धि हासिल गरे बाफत ओझाले प्रा. डाक्टर केदारनाथ खनाल स्मृति भौतिक विज्ञान पुरस्कार २०८० समेत प्राप्त गरेका छन् ।

जुन पुरस्कार त्रि.वि अन्तरगतको भौतिक शास्त्र संकायको स्नातकोत्तर तहमा सर्वाधिक अङ्क प्राप्त गर्ने विद्यार्थी लाई प्रदान गरिन्छ। ओझाले उक्त इतिहास रच्दै सम्मान ग्रहण गरेपछि खुसी व्यक्त गर्दै सफलताको श्रेय गुरुहरू, आमा, बुवा एवं परिवारलाई दिएका छन्। सन २०२१ मा पास आउट भए पनि ओझालाई २०२४ मा सम्मानित गरिएको हो ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...