सुदूरपश्चिमको विजयी सुरुवात

बैतडी- काठमाडौंमा जारी ललितपुर मेयर्स कपमा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ। टियु क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न खेलमा आयोजक टोली ललितपुर मेयर्स एघारलाई डिएल मेथडमा १६ रनले स्तब्ध पार्दै सुदूरपश्चिम विजयी भएको हाे

Ganyapdhura gau

जितका लागि पाएको १२४ रनको लक्ष्य पछ्याएको ललितपुरले ११ ओभरमा २ विकेटको क्षतिमा ४५ रन बनाउँदा पानी परेपछि डिएल मेथडका आधारमा नतिजा निकालेकाे थियाे । ललितपुरका लागि कप्तान पुजा महताेले १४ र सरस्वती जीएमले १२ रन बनाईन् । सुदूरपश्चिमका लागि जानकी थापा र रितु कनाैजियाले १/१ विकेट हात पारे ।

Navadurga sun
Dadhaldhura pur

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन बनायो । जसमा प्लेयर अफ द म्याच समेत भएकी कप्तान बिन्दु रावलले २८ बलमा ३ चौकाको सहयोगमा ३० र कविता जोशीले २० बलमा २ छक्काको सहयोगमा अविजित २५ रन बनाइन् ।

ललितपुर एघारका लागि आरती महतो र कृतिका मरासिनीले समान २/२ विकेट लिए । वैशाख २९ गतेदेखि शुरु भएको प्रतियोगितामा ५ टाेलीकाे सहभागिता रहेको छ ।

प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताका शीर्ष चार टोली र आयोजक ललितपुर एघार गरि ५ टाेलीको सहभागिता रहेको हाे । राउन्ड रोविन लिगमा हुने यस प्रतियोगिताको शीर्ष दुई टोली बीच फाइनल खेल हुनेछ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...