Satyawati
Division ban Pahalmanpur

पुम्दीकोटको विशाल शिव मूर्ति धार्मिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य :  प्रदेश प्रमुख पौडेल

Purbadhar dadeldhura

पोखरा– गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेलले पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माणाधीन ५२ फिट अग्लो शिव मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने बताए ।

सोमबार शिव मूर्तिको अवलोकन गर्दै प्रदेश प्रमुख पौडेलले पोखरा पर्यटकको उत्कृष्ट गन्तव्य रहेको र विशाल शिव मूर्तिले धार्मिक पर्यटकलाई आकर्षित गर्न बताइन् । उनले नेपाल प्राकृतिक सांस्कृतिक एवम् धार्मिक रूपमा धनि रहेकाले यसको विकास र संरक्षणमा ध्यान दिन सके अर्थतन्त्रमा समेत ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरिन् । 

कोरोनाका कारण धेरै मानिसहरूले शान्त र आध्यात्मिक ठाउँहरूको खोजी रहेको जनाउँदै उहाँले कोरोना कम हुँदै गएपछि यस क्षेत्र धार्मिक एवम् अन्य पर्यटकका लागि समेत रोजाइमा पर्ने उनको विश्वास थियो ।

पुम्दीकोट कोट विकास समितिका अध्यक्ष एवम् परिकल्पनाकार चन्द्रकान्त बरालले सो मूर्तिको बारेमा प्रदेश प्रमुखलाई विस्तृत जानकारी गराइन् । बरालका अनुसार नेपाल सरकारको स्वामित्वमा रहेको २२ रोपनी जमिनलाई तीस वर्षका लागि भोगाधिकारको लिएर मूर्ति निर्माण गरिएको हो । 

Malpot office dadeldhura

नेपालकै अग्लो दाबी गरिएको सो शिव मूर्ति ४० करोड लागतमा निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ ।  करिब ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको सो कार्यका लागि हालसम्म २० करोड खर्च भइसकेको छ । हिल ट्याङ्क प्रालिका प्रबन्ध निर्देशक कमल जैनले सो शिवको मूर्ति प्रदान गरिन् । 

भारतको मथुराबाट ल्याइएको सो मूर्ति बाहिर फाइबर र भित्र स्टीलबाट निर्माण गरिएको छ ।  पर्यटकको बसाइ चम्काउनुका साथै धार्मिक  पर्यटकीय गन्तव्यको लागि उत्कृष्ट गन्तव्य बन्ने विश्वास अध्यक्ष बरालको छ ।

संघ सरकार, प्रदेश सरकार र पोखरा महानगर पालिका लगायत विभिन्न व्यक्ति र संस्थाहरूले आर्थिक सहयोग गरेको बरालले जानकारी दिनुभयो ।  समितिले मूर्ति निर्माणका लागि २०७३ सालमा महायज्ञ लगाएर ६ करोड भन्दा बढी नगद र जग्गा प्राप्त गरेको थियो । 

मूर्ति पाँच वर्षभित्र निर्माण कार्य सक्ने लक्ष्य लिए पनि आर्थिक अभाव र कोरोनाका कारण निर्माण कार्य केही ढिला हुन पुगेको उनको भनाइ छ । अत्याधुनिक डिजिटल प्रविधिको प्रयोगबाट आसपासको जङ्गलको जंगली जनावरको गतिविधिलाई समेत नियाल्न सकिने छ । 

शिवको बृहत् चिनारी सहित १ सय ८ शिवलिङ्ग, १ सय ८ स्वर्गद्वारी सिँढी, सुमेरु पर्वत, गुरु महाराज आश्रम, हरियाली बगैंचा, शान्ति स्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, ध्यान केन्द्र, पार्किङ स्थल लगायतका संरचना निर्माण गर्ने योजना रहेको सुनाइन् ।

पुम्दीकोट धार्मिक रूपमा समेत शक्ति पिठ भएको जनाउँदै शिव मूर्ति निर्माणले यस क्षेत्रको धार्मिक महत्वलाई उजागर गर्दै लैजाने उक्त वडाका अध्यक्ष मित्रलाल बरालले जानकारी दिइन्  । बरालका अनुसार पोखराको मुख्य बजारबाट करिब १५ किलोमिटरको दूरीमा रहेको सो स्थानबाट हिमशृङखला फेवाताल लगायतका मनोरम दृश्य देख्न सकिन्छ ।

Dadeldhura Aspatal & Ban
Loading...