Satyawati
Division ban Pahalmanpur

अत्तरियामा बाख्रा पालन तालिम सुरु

Purbadhar dadeldhura

अत्तरिया- कैलालीको अत्तरियामा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा एक दिने बाख्रा पालन तालिम सुरु गरिएको छ । गोदावरी नगरपालिका – ४ बसन्तपुर अत्तरियामा रहेको लघुवित्तले ६५ महिलाहरूलाई बाख्रापालन तालिम दिएको हो । तालिमको शनिबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिका ४ का वडाध्यक्ष हेम प्रकाश मल्लले उद्घाटन गरेका थिए ।

Malpot office dadeldhura

कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले गोदावरीको लागि आवश्यक मासु यस क्षेत्रमै उत्पादन गर्न आवश्यक रहेको बताए । कार्यक्रमको अध्यक्षता गरेका सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था अत्तरिया शाखाका प्रमुख दिपक महराले लघुवित्तमा आवद्ध सदस्यहरूलाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरेको बताए ।

उनले ऋण प्रभाव गर्नु अघि तालिम दिदा ऋणको सही सदुपयोग हुने बताए । सूर्योदय वोमी लघुवित्तको अत्तरिया शाखामा हाल १ हजार ५ जना सदस्य आवद्द छन । देशैभरी १७३ शाखा रहेको सूर्योदय वोमी लघुवित्तमा १ लाख ९० हजार सदस्य आवद्ध रहेको जनाइएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...