Satyawati
Division ban Pahalmanpur

रेडक्रस अत्तरिया उपशाखाको सभापतिमा भरत खड्का चयन

Purbadhar dadeldhura

अत्तरिया- नेपाल रेडक्रस अत्तरिया उप शाखाको सभापतिमा भरत खड्का चयन भएका छन् । शनिबार अत्तरियामा सम्पन्न उप शाखाको १५ औँ साधारण सभाले खड्काको अध्यक्षमा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

Malpot office dadeldhura

समितिको सचिवमा कमल कडायत, कोषाध्यक्षमा राजेश पाठक, उप–सचिवमा धर्मराज भट्ट, उपकोषाध्यक्षमा हर्क विक र महिला उपसभापतिमा मञ्जु साउँद बोहरा चयन भएको निर्वाचन अधिकृत खेमराज जोशीले जानकारी दिए ।

त्यस्तै समितिको सदस्यहरूमा विष्णु भण्डारी, लोकराज ओझा, मदनराज शर्मा, कर्ण बोगटी र महिला सदस्यमा शारदा केसी चयन भएका छन् । रेडक्रस सभापति डा. नर बहादुर मौनीको अध्यक्षतामा भएको चुनावी साधारण सभाको प्रमुख अतिथिमा गोदावरी गनरपालिका वडा नम्बर २ का वडा सदस्य डवल बहादुर साउँद रहेका थिए ।

अत्तरिया शाखामा हाल २५० जना आजीवन सदस्य रहेका छन् । २०६५ सालमा स्थापना भएको उपशाखा अत्तरियाको आफ्नो सुविधा सम्पन्न भवन रहेको छ ।

Dadeldhura Aspatal & Ban
Loading...