Satyawati
Division ban Pahalmanpur

पुरैना ताललाई पुरानै स्वरूपमा फर्काउन थालियो प्रयास, ड्याम निर्माण

Purbadhar dadeldhura

धनगढी- बाढीले पुरेपछि करिब डेढ दशक देखि अतिक्रमणको चपेटामा परेको कैलालीको भजनी नगरपालिका–७ स्थित पुरैना ताललाई पुरानै स्वरूपमा फर्काउने प्रयास थालिएको छ ।

Malpot office dadeldhura

तालको क्षेत्र रेखांकन गरेर वरिपरि साढे तीन किलोमिटर लामो माटोको ड्याम निर्माण गरिएको छ । डिभिजन वन कार्यालय पहलमानपुरले भजनी नगरपालिकाको समन्वयमा ड्याम निर्माण गरेको हो । २०६४ को बर्खामा मोहना नदीमा आएको बाढी पसेपछि ताल पुरिएको थियो । त्यसयता ताल रहेको क्षेत्रमा स्थानीयले अतिक्रमण गरेर खेती गर्दै आएका थिए ।

पुरैना तालको करिब पाँच सय ६३ बिघा क्षेत्रलाई ताल र सीमसारको स्वरूपमा फर्काउन लागिएको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामविचारी ठाकुरले बताए । सो ताल अन्तर्राष्ट्रिय रूपमा समेत महत्वपूर्ण रहेको बसन्ता जैविक मार्गमा पर्ने भएकाले संरक्षण र पुनःस्थापना गर्न लागिएको उनले बताएका हुन् ।

वन्यजन्तु तथा जैविक विविधताका दृष्टिले महत्वपूर्ण रहेकाले पुरैना ताललाई तालकै स्वरूपमा फर्काउन आवश्यक रहेको भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले बताए । वनले जिम्मा दिए ताललाई पर्या पर्यटीय क्षेत्रका रूपमा विकास गर्न नगरपालिका तयार रहेको उनले बताए ।

Dadeldhura Aspatal & Ban
Loading...