Satyawati
Division ban Pahalmanpur

कैलालीको टीकापुर नगरपालिकामा तालाबन्दी

Purbadhar dadeldhura

धनगढी- कैलालीको टीकापुर नगरपालिकामा आज (शुक्रवार) तालाबन्दी गरिएको छ । नगरपालिकाले बनाएका सपिङ्ग कम्ल्पेक्सका सटरको भाडा दरमा असहमति जनाउँदै सपिङ्ग कम्प्लेक्समा व्यवसाय गर्दै आएका व्यवसायीहरूले नगरपालिकाको मूल गेटमा ताला लगाएका हुन् ।

नगरपालिकाको सपिङ्ग कम्ल्पेक्सका सटरहरुमा नगरपालिकाको समायोजन दररेटमा अहिलेका जनप्रतिनिधि र कर्मचारीहरूले मनलाग्दी भाडादर कायम गरेकोले तालाबन्दी गरिएको व्यवसायी द्वारिकाप्रसाद तिमिल्सिनाले बताए । नगरपालिकाले व्यवसायीसँग समन्वय नगरीकन भाडादर बढायो हामीले पटक पटक यस विषयमा नगर प्रमुख ज्यूलाई ध्यानाकर्षण गरयौं तर कुनै सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गरेका हौ उनले भने ।

Malpot office dadeldhura

नगर प्रमुख रामलाल डगौरा थारुले भने तत्कालीन कार्यपालिकाको निर्णयले भाडा समायोजन गरेपनि महालेखा परीक्षकले कार्यपालिकाले त्यस्तो निर्णय गर्न नमिल्ने बताएपछि अहिलेको कार्यपालिकाले पुरानै दररेट कायम गर्ने निर्णय गरेको बताए । उहाहरुले नै टेन्डर प्रक्रियामा गएर सटर भाडा सम्झौता गर्नु भएको छ ।

त्यो सम्झौता अनुसारको भाडा तिर्नु भएको छैन् । नगरपालिकाले ताकेता गर्दा समेत भाडा तिर्नु भएको छैन । अब हामी समायोजन अनुसारको दररेट कायम गर्न सक्दैनौ । केही व्यवसायीले मात्र भाडा तिरी राख्नु भएको छ । ५–७ जनाले राजनीति करण गरिरहेका छन् । अब हामीलाई झन् बाटो खुलेको छ हामी भाडा नतिर्नेहरु सँग पुरानो रकम नतिरी नयाँ सम्झौता पनि गर्दैनौ। उहाँ हरुको सटर खाली गर्छौ मेयर थारुले भने ।

व्यवसायीका अनुसार तत्कालीन समयमा जनप्रतिनिधि विहीन हुँदा नगरपालिकाले टेन्डर मार्फत सपिङ्ग कम्ल्पेक्सका सटरहरु २ हजार देखि ३५ सय सम्म सम्झौता गरेकोमा समय समयमा गरी टेन्डर बढिबढाउ गरी कोरना काल सम्म २७ हजार सम्म तिर्ने गरेका थिए । 

Dadeldhura Aspatal & Ban
Loading...