अत्तरिया- बाजुरा खप्तड छेडेदह गाउँपालिका–१ काँडा थपाली घर भएका ३० वर्षीय मंगल रोकाया क्यान्सर पीडित हुन् । उनको घाँटीको क्यान्सर भएको हो । विपन्न परिवारका रोकायाको उपचारमा १५\२० लाख खर्च भइसकेको छ ।
रोजगारको सिलसिलामा भारतमा हुँदा नै रोकायाको घाँटीको क्यान्सर भएपछि उपचारमा समस्या भएको छ । भारतको ब्याङलोरमा उनको उपचार भएको हो । भारतमा उपचार गर्दा महँगो भएपछि नेपालको चितवन क्यान्सर अस्पताल पुगाएको तर, समस्या झनझन बल्झिदै गएको मंगलका भाई प्रकाश रोकायले जानकारी दिए । उपचार गर्न समस्या भएपछि अहिले कैलालीमा ल्याएको उनको भनाई छ । पैसाकै कारण अहिले उपचार पूर्णरुपमा रोकीएको प्रकाशले जानकारी दिए ।
‘६ महिना देखि उपचार गराउँदा गराउँदै भारतमा मजदुरी गरेर कमाएको पैसा सकीयो’ मंगलका भाई प्रकाशले भने । ‘आर्थिक समस्याले गर्दा थप उपचारमा ज्यादै कठिनाई भएको छ । सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन अनुरोध गर्दछु ।’ अहिले दाईलाई आफन्तको घर कैलालीको घोडाघोडी नगरपालिका रामपुरमा रहेको उनले जानकारी दिए ।
क्यान्सर पीडित मंगलको एक छोरा र एक छोरी रहेका छन् । क्यान्सर पीडित मंगलको उपचारमा सहयोग गर्न इच्छुकहरुले उनकै भाई प्रकाश रोकायाको फोन नम्बर ९८४२७९०९३४ नेपालका लागि, भारतको दिल्लीका लागि ९७७३५१६७२० मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।