Satyawati
Division ban Pahalmanpur

गोदावरी नगरपालिकामा कक्षा ८ को ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक, ८३.८८ प्रतिशत विद्यार्थी उत्तीर्ण

Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले शैक्षिक सत्र २०८० को कक्षा ८ को ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । विहीबार सार्वजनिक गरेको ग्रेड वृद्धि परीक्षाको नतिजा अनुसार ८३.८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

आधारभुत तहको अन्तिम परीक्षाको रुपमा रहेको कक्षा ८ को वार्षिक परीक्षामा दुई विषय सम्ममा अनुत्तीर्ण भएका विद्यार्थीलाई ग्रेड वृद्धिको अवसर दिइएको थियो । कक्षा ८ को वार्षिक परीक्षामा ४४ प्रतिशत मात्र पास भएको अवस्थामा ग्रेड वृद्धि परीक्षा पश्चात सामुदायिक तथा संस्थागत विद्यालयको पुरानो र अहिलेको ग्रेड वृद्धिलाई जोड्दा ६९.२० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गोदावरीका ५६ सामुदायिक विद्यालयका ७ सय ५७ जना विद्यार्थी ग्रेड वृद्धिको परीक्षामा सहभागि भएकोमा ६६४ जना मात्र उत्तीर्ण भएका छन् । भने १०७ जना विद्यार्थीहरू ग्रेड वृद्धि परीक्षा उत्तीर्ण गर्न असफल भएको जानकारी गोदावरी नगरपालिका शिक्षा शाखा प्रमुख प्रयाग राज जोशीले बताएका छन ।

Malpot office dadeldhura

ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक भए संगै समग्रमा शैक्षिक सत्र २०८० मा गोदावरी नगरपालिकाको कक्षा ८ मा ६९.३० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नगरपालिकाका भित्रका सामुदायिक र संस्थागत गरि ५६ विद्यालयबाट २ हजार ६२६ जना विद्यार्थीले परीक्षा दिएकोमा १ हजार ८२० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

शैक्षिक सत्र २०८० मा संस्थागत र सामुदायिक विद्यालयबाट परीक्षा दिएका ८०६ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । यस पालिकामा ३.६ देखि ४ जिपिए १८७ जनाले A+ ग्रेड ल्याई पास भएका छन

त्यसैगरी ३.२ देखि ३.६ जिपिए ५६८ जनाले प्राप्त गरेका छन भने २.८ देखि ३.२ जिपिए ६४८ जनाले ल्याएका छन र २.४ देखि २.८ जिपिए ३६८ जनाले ल्याएको छ । त्यसैगरी २ देखि २.४ जिपिए ५० जनाले पाएको छ भने ८०६ जना अनुत्तीर्ण भएको जनाकरी शिक्षा शाखाका विश्नु राज अवस्थीले बताएका छन ।

Dadeldhura Aspatal & Ban
Loading...