कैलालीको अत्तरियामा ७ दिने आधारभूत ज्योतिष तालिम सम्पन्न 

अत्तरिया- कैलालीको अत्तरियामा यही बैशाख २१ गते देखि सुरु गरिएको ७ दिने ज्योतिष प्रशिक्षण कार्यक्रम तालिम शुक्रबार एक कार्यक्रमका बिच सम्पन्न गरिएको छ । 

Ganyapdhura gau

कार्यक्रममा प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका उप कुलपति प्रा. डा. हेमराज पन्त रहेका थिए । 

Navadurga sun

नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति कैलालीको आयोजनामा प्रतिभा पुस्तकालयको सह-प्रायोजकमा सम्पन्न तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरण गरिएको हो । 

Dadhaldhura pur

कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि पन्तले विश्वविद्यालय भनेको ज्ञान आर्जन गर्ने नयाँ ज्ञानको उत्पादन गर्ने र उत्पादित ज्ञानको वितरण गर्ने संस्था भएको बताए ।  ‘त्यस्तै यो जुन हाम्रो परापूर्व कालदेखि वेदको ज्ञान छ त्यो वेदको ज्ञानको प्रचार प्रसार पनि सुदूरपश्चिम विश्वविद्यालयको दायित्व भित्र पर्छ ।’ उनले भने, ‘यस्तो किसिमको दायित्वलाई यहाँहरूले ब्यापक गर्नु भएको आफू र विश्वविद्यालयको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।’ सात दिने कार्यक्रमको सफल गर्नुभएको धन्यवाद दिँदै यसबाट सीप लिएकाहरूले आ–आफ्नो ठाउँ जिल्लामा व्यापक प्रचार प्रसार गर्नुहुने छ भन्नेमा आफू आशावादी रहेको बताउनु भयो ।  

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि स्वास्थ्य सेवा विभागका पूर्व स्वास्थ्य निर्देशक डा. लक्ष्मीराज पाठक, ज्योतिष परिषद सुदूरपश्चिम प्रदेशका अध्यक्ष पन्डित माधबराज जोशी, नेपाल ज्योतिष परिषद्का कैलाली जिल्ला अध्यक्ष एवम् ज्योतिष प्रशिक्षक खगेन्द्रराज अवस्थी रहेका थिए । 

तालिममा करिब ३० जना बढी सहभागी थिए । तालिममा सहभागीहरूले यस तालिमबाट आफूहरूले राम्रो ज्ञान प्राप्त गर्न सकिएको र यस तालिम लिएर ज्योतिष सम्बन्धी धेरै जानकारी हुन गएको समेत बताएका थिए । सहभागी प्रशिक्षार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि पन्तले एक कार्यक्रमका बिच प्रमाण पत्र बितरण गरेका हुन् ।

त्यस्तै कार्यक्रममा यस क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो कार्यक्रमको संचालन पुस्तकालयका सहसचिव भूपेश जोशीले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...