Satyawati
Division ban Pahalmanpur

कैलालीमा सीमा नाका बन्द हुने

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी– कैलालीका सीमा नाका आजबाट तीन दिन सम्मको लागि बन्द हुने भएका छन् । भारतमा भइरहेको लोकसभा निर्वाचनको लागि कैलालीका साना ठुला सीमा नाका बन्द हुन लागेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा ३१ वैशाखमा निर्वाचनका हुँदै छ । त्यसको लागि आज (शुक्रबार) साँझ ६ बजे देखि सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए । जोशीले सीमा नाका मतदान कार्य नसकिए सम्म बन्द रहने बताए ।

Dadeldhura Aspatal & Ban
Loading...