Satyawati
Division ban Pahalmanpur

सुदूरपश्चिममा जङ्गली जनावरले पुर्‍याएको क्षतिको पीडितले पाएनन् राहत रकम

Purbadhar dadeldhura

धनगढी- सुदूरपश्चिममा वन्यजन्तुले क्षति पुर्याए बापत राहत रकम नपाएको पीडितले बताएका छन् । वन्यजन्तुले क्षति पुर्याए बापत सुदूरपश्चिम प्रदेशका ७ सय ४६ जना वन्यजन्तु पीडितहरूले यस आर्थिक वर्षको १० महिना देखि राहत रकम नपाएको बताएका हुन् । वन्यजन्तुबाट हुने क्षति बापतको राहत सहयोग सम्बन्धी निर्देशिकामा वन्यजन्तुको आक्रमणबाट हुने अङ्गभङ्ग एवम् मानवीय क्षति, पशुधन, घर गोठ र खाद्यान्न बालीको क्षतिको राहत रकम उपलब्ध गराउने व्यवस्था गरेको छ । पीडित परिवारले राहतका लागि डिभिजन वन कार्यालयमा निवेदन दिँदै आएका छन् ।

अछामको तुर्माखाँद गाउँपालिका ३ भैरबस्थानकी दिलादेबी बयकको बँदेलको आक्रमणबाट मृत्यु भयो । ३२ साउन २०८० मा घर नजिकैको बारीमा काम गर्न गएकी उनलाई बँदेलको आक्रमणले आक्रमण गरेको थियो । मृत्यु पश्चात् उनका परिवारका सदस्यले विभिन्न कागजातहरू डिभिजन वन कार्यालय अछाममा पेस गरेको ८ महिना बितिसक्दा समेत राहत रकम नपाएको उनका आफन्त बल बहादुर बयकले बताए । डोटीको के आई सिंह गाउँपालिका १ का भगि भुलकी श्रीमती जगुली देबि भुलको जङ्गली जनावर भालुको आक्रमणमा परेर ज्यान गयो । मृतकका श्रीमान् भगीले डिभिजन वन कार्यालय निवेदन दिएको ४ महिनासम्म पनि राहत पाउने नपाउने थाहा नभएको उहाँको भनाइ छ ।

Malpot office dadeldhura

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका डिभिजन वन कार्यालयहरूमा आएको निवेदन अनुसार ७ सय ४६ जना पीडितले सरकारबाट पाउनुपर्ने राहत रकम पाउन सकेका छैनन् । निवेदन दिनेमा सबै भन्दा बढी अछामका रहेका छन् । डिभिजन वन कार्यालय अछामका सूचना अधिकारी विमल चन्दका अनुसार ४ सय ७४ जनाले राहत रकम पाउँ भनी निवेदन दिएका छन् । उनीहरू मध्ये १ जनाको जङ्गली जनावरको आक्रमण बाट मृत्यु भएको हो भने अन्य घाइते र पशुधन तथा खाद्यान्न बालीमा क्षति भएका हुन् । उनीहरूले पाउने रकम सरकारबाट प्राप्त नभएको डिभिजन वन कार्यालय अछामका प्रमुख जनक पाध्यायले बताए ।

वन्यजन्तु पीडित मध्य सुदूरपश्चिमको ९ जिल्लामा सबैभन्दा कम निवेदन बझाङ, डडेलधुरा र बाजुरामा परेका छन् । तीन जिल्लामा ५/५ जना पीडितले निवेदन दिएका हुन् । प्राप्त विवरण अनुसार डोटीमा १६ जना, कैलालीमा १७ जना, कञ्चनपुरमा २९ जना, बैतडीमा १५० जना, दार्चुलामा ४५ जना गरी ७ सय ४६ जनाले राहत पाउन बाँकी छ । प्रदेश वन निर्देशनालय मार्फत डिभिजन वन कार्यालयले भुक्तानी दिने भनी सरकारले निर्णय गरिसकेको छ । तर निर्णय गरेपनि हालसम्म राहत रकम सम्बन्धी बजेट डिभिजन वन कार्यालयमा निकासा भएको छैन ।

चालू आर्थिक वर्षको असार महिनापछि कार्यविधि परिवर्तन भएपनि असार मसान्त भन्दा अघि सम्म नजिकका राष्ट्रिय निकुञ्जबाट राहत रकम उपलब्ध गराउँदै आइरहेको थियो । निर्देशिका परिवर्तन भएपछि प्रदेशले जिल्लामा रकम पठाउने भनेपनि हाल सम्म उक्त रकम अझै डिभिजन वन कार्यालयमा आएको छैन । अछामका ४ सय ७४ जना पीडित मध्ये ४ सय ४८ जना अघिल्लो आर्थिक वर्षबाटै राहत नपाएका हुन् । उनीहरूका निवेदन सहितका फाइलहरू शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयमा पठाए पनि निर्देशिका परिवर्तन हुँदा फाइल फिर्ता भएको डिभिजन वन कार्यालय अछामका प्रमुख पाध्यायको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टका अनुसार प्रदेशका ९ जिल्लाकै पिडतहरुले पाउनु पर्ने रकम करिब २ करोड भन्दा बढी छ । तर निर्देशनालय सँग २६ लाख मात्र रकम रहेको छ । सङ्घीय सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा राहत उपलब्ध गराउनु समस्या परेको छ । निर्देशिका अनुसार प्रदेश सरकारबाट बजेटको व्यवस्था गर्नुपर्ने हुन्छ । तर प्रदेश सरकारले यस आर्थिक वर्षको बजेट ल्याइसके पछि निर्देशिका परिवर्तन भएका कारण बजेटको अभाव भएको उनको भनाइ छ । वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका बमोजिम मानवीय क्षतिको लागि २० हजार देखि अधिकतम १० लाख, पशुधनको क्षतिका लागि १० हजार देखि ३० हजार रुपैयाँ र खाद्यान्न बालीको क्षतिको लागि १० हजार रुपैयाँ सम्म उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...