कैलालीको गोदावरी नगरपालिका भित्र भू-उपयोग वर्गीकरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा अब जग्गालाई १० किसिमबाट वर्गीकरण गरिने भएको छ र वर्गीकरणको गरिएको विवरण लालपुर्जामै देखिने गरी उल्लेख हुने भएको छ ।

गोदावरी नगरपालिका भित्र भू-उपयोग वर्गीकरण कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा नगर उपप्रमुख शारदा देवी रोकाया, १२ ओटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, परामर्शदाताको टोली लगायतको उपस्थिति रहेको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

जग्गाको वर्गीकरण गर्ने अधिकार र जिम्मेवारी स्थानीय सरकारलाई भए सङ्गै गोदावरी नगरपालिकाले पनि भू–क्षमता र भूउपयोगको आधारमा जग्गाको उपभोग गर्ने उद्देश्यबाट १० किसिमबाट वर्गीकरण गर्न लागेको छ । सरकारले १० किसिमबाट वर्गीकरण गर्ने भनी भू–उपयोग नियमावली २०७९ पास गरेको थियो ।

Dadeldhura hospital

गोदावरी नगरपालिकामा एउटा प्रयोजनमा वर्गीकरण गरिएको जग्गा अर्को प्रयोजनबाट उपयोग गर्न नपाउने व्यवस्था नियमावलीमा भए जस्तै यस पालिकामा पनि लागू गरिएको छ ।

भू–उपयोग नियमावली २०७९ मा जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदीनाला ताल सिमसार क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, सांस्कृतिक तथा पूरातात्विक महत्वको क्षेत्र तथा नेपाल सरकारको आवश्यकता अनुसार तोकिएको अन्य क्षेत्र गरी १० किसिमबाट वर्गीकरण गर्ने व्यवस्था गरिएको छ ।

यस व्यवस्था अनुसार आवासीय क्षेत्र भनी लालपुर्जामा उल्लेख गरिएको कित्तामा मात्र घर निर्माण गर्न पाइनेछ । नियमावली अनुसार, आवास बाहेक अन्य विवरण लेखिएको कित्तामा कसैले घर बनाउन चाहेमा स्थानीय सरकारले नक्सा पासको लागि अनुमति दिने छैन । यसैगरी कृषि भनी उल्लेख गरिएको जग्गामा कृषि प्रयोजन बाहेक अन्य कुनै प्रयोजनमा प्रयोग गर्न सकिने छैन ।

नापी विभागले तयार गरेको भू उपयोग डाटा तथा स्थानीय आवश्यकता हेरेर स्थानीय सरकारले जग्गालाई १० किसिमबाट वर्गीकरण गर्ने व्यवस्था नियमावलीमा भए अनुसार गोदावरी नगरपालिकाले पनि लागू गरेको छ ।

भू-उपयोग वर्गीकरण सम्बन्धी छलफल कार्यक्रमको सञ्चालन अमिन दिपेन्द्र पन्तले गरेका थिए भने जिआईएस एक्सपोर्ट कमल आचार्यले जग्गा वर्गीकरण सम्बन्धी स्लाइड प्रस्तुत गरेका थिए ।

Loading...