कैलालीको अत्तरियामा कानुनी पहिचान नागरिकता र जन्मदर्ता सम्बन्धमा अन्तरक्रियात्मक छलफल

अत्तरिया- कैलालीको अत्तरियामा कानुनी पहिचान नागरिकता र जन्मदर्ता सम्बन्धमा अन्तरक्रियात्मक छलफल गरिएको छ । महिला कानुन र विकास मञ्च तथा गोदावरी नगरपालिकाको संयुक्त आयोजनामा अन्तरक्रियात्मक छलफल गरिएको हो ।

छलफलमा कैलालीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, गोदावरी नगरपालिकाका जनप्रतिनिधी, सबै वडाका सचिवहरु, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

Navadurga sun

अन्तरक्रियात्मक छलफल कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जोशीले प्रस्तुती राखेकी थिइन् भने सहभागीहरूले आफ्नो जिज्ञासा जोशी सामु राखेका थिए । कार्यक्रमको सञ्चालन अधिवक्ता रेणु प्रधान श्रेष्ठले गरेकी थिइन्

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी नगर उप प्रमुख शारदा देवी रोकायाले कानुनी पहिचान सम्बन्धमा गरिएको अन्तरक्रिया कार्यक्रमले सम्बन्धित कर्मचारी तथा जनप्रतिनिधिहरूलाई सहयोग पुग्ने बताइन् । उनले कानुन बमोजिम कार्य गर्न कर्मचारीहरूलाई आग्रह गर्दै सेवाग्राहीलाई सेवामा सहज गर्न आग्रह गरिन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...