Satyawati
Division ban Pahalmanpur

धनगढी उपमहानगर विरुद्ध उच्च अदालत दिपायलमा परेको मुद्दा खारेज

Purbadhar dadeldhura

धनगढी- धनगढी उपमहानगरपालिका विरुद्ध उच्च अदालत दिपायलमा परेको मुद्दा खारेज भएको छ । गत कात्तिक १६ गते धनगढी-३ का शारदा खत्री र बाल कुमारी दासले धनगढी उपमहानगरले सडक चौडा बनाउन लागेको भन्दै रिट दायर गरेका थिए ।

Malpot office dadeldhura

उच्च अदालतमा दायर रिटमा खत्री र दासले सडक बिस्तार विरुद्ध अन्तरिम आदेश सहितको परमादेश लगायत उपयुक्त आदेश माग गर्दै मुद्दा दर्ता गराएका हुन् । उक्त रिट माथि सुनुवाइ गर्दै उच्च अदालत डोटीले रिट खारेज गर्ने आदेश गरेको हो, उच्च अदालतमा भएको बहसमा धनगढी उपमहानगरपालिकाको तर्फबाट अधिवक्ता वीर बहादुर जेठाराले बहस गरेका थिए ।

रिट खारेज भएसँगै ६ लेन सडक स्थित रोड हाउस क्याफे देखि चक्रपथ पक्की कुवा सम्मको करिब १३ सय मिटर लामो १४ मिटर चौडा सडक निर्माणको कामको अवरोध हटेको छ । प्रदेश सरकारले सडक निर्माण गर्न यस अघि नै टेण्डर गरिसकेको छ भने उपमहानगरले सडक क्षेत्राधिकार खाली गर्न लाग्दा रिट दायर गरिएको थियो ।

Dadeldhura Aspatal & Ban
Loading...