डडेल्धुराका सागर भारतको कालुपुरमा मृत फेला 

डडेल्धुरा- डडेल्धुराका एक युवक भारतको कालुपुर रेल्वे स्टेसनमा मृत अवस्थामा फेला परेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका-९ का २५ वर्षीय सागर वि क भारतको अहमदाबादको कालुपुर रेल्वे स्टेसनमा हिजो मृत फेला परेका हुन् । उनका आफन्तका अनुसार सागर अहमदाबाद देखि पन्जाब जान्छु भनेर ४ दिन अघि कालुपुर रेल्वे स्टेसन बाट हराएका थिए ।

खोजी गर्ने क्रममा टाउकोमा चोट लागेको अवस्थामा उनको शव हिजो (बुधवार) सोही रेलवे स्टेसनमा फेला परेको बताइएको छ। परिवारले हत्याको आशंका गरेको छ । उक्त विषयमा भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

Loading...