Satyawati
Division ban Pahalmanpur

युवाहरूसँग डिग्रीको प्रमाणपत्रभन्दा सिपालु हात हुनुपर्ने अहिलेको खाँचो हो : नगर प्रमुख हमाल

Purbadhar dadeldhura

अत्तरिया- धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले काठमाडौंको टुँडिखेलमा आयोजना भइरहेको सीप मेलाको अवलोकन गरेका छन् । बुधबार बिहान उनले सीप मेलाको स्थलगत अवलोकन गरेका हुन् ।

Malpot office dadeldhura

सीप मेलाको अवलोकनपछि उनले युवाहरूलाई स्वरोजगार बनाउन निकै सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले धनगढीमा पनि यस्तै खालको सीप मेलाको आयोजना गर्न साझेदारहरूलाई प्रस्ताव गरे । ‘युवाहरूसँग डिग्रीको प्रमाणपत्रभन्दा सिपालु हात हुनुपर्ने अहिलेको खाँचो हो । यस्तो खालको सीप मेलाले युवालाई आत्मनिर्भर बनाउन मद्दत गर्छ। धनगढीमा पनि यस्तै सीप मेला आयोजना गर्न हामी तयार छौँ,’ नगर प्रमुख हमालले भने, ‘तपाईँहरू आउनुहोस् । हामी सहकार्य गर्न तयार छौँ ।’

उनले बजारको मागअनुसार सीप र तालिम प्रदान गर्नुपर्ने बताए। ‘हिजो तालिमका नाममा तालिमको ठेक्का पाउनेहरू मात्रै रोजगार भए,’ हमालले भने, ‘अब त्यसरी हुँदैन । तालिम लिएकाहरू साँच्चिकै रोजगार हुने गरी काम हुनुपर्छ ।’ काठमाडौं महानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको सहकार्यमा टुँडिखेलमा आयोजना भइरहेको सीप मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने लक्ष्य राखिएको छ ।

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोड्नका लागि मेलाको अवधारणा अघि सारिएको महासंघका महासचिव छत्र बमले बताए । उनले सीप सिक्नका लागि १५ हजारभन्दा धेरै युवाको आवेदन परेको बताउँदै आगामी दिनमा सबैलाई तालिमको अवसर दिएर रोजगारीसँग जोड्ने लक्ष्य लिइएको बताए । राज्यका विभिन्न निकायहरूबाट पनि सकारात्मक प्रतिक्रिया आएको उनले बताए ।

Dadeldhura Aspatal & Ban
Loading...