अछाम र बाजुरामा विद्युत् सेवा बन्द

धनगढी- अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ । पहाडी जिल्लामा हावा हुरीसँगै वर्ष हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले सेवा बन्द गरेको हो ।

डोटीबाट राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा बन्द गरिएको प्राधिकरणले जनाएको छ । विद्युत् लाइनमा क्षति भए/नभएको विवरण भने आएको छैन । तर, बुधवार अछाम र बाजुराको विद्युत् सेवा पूर्ण रूपमा बन्द गरिएको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय, अत्तरियाले जनाएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा हावा हुरी सँगै वर्षा हुँदै आएको छ । पहाडी जिल्लामा भएको वर्षका कारण कैलाली र कञ्चनपुरमा समेत तापक्रम कम हुँदै गएको छ ।

Loading...