Satyawati
Division ban Pahalmanpur

मानव तस्करीमा संलग्न कैलालीका एक जना पक्राउ

Purbadhar dadeldhura

धनगढी- मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलालीका १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  जिल्लाको गौरीगंगा नगरपालिका–२ घर भई हाल ललितपुर, महानगरपालिका–७ झम्सिखेल बस्ने ४१ वर्षीय तेज राम चौधरी रहेका छन् ।

Malpot office dadeldhura

चौधरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो । चौधरीले अमेरिका पठाइदिन्छु भन्दै ४ जना पिडितबाट १ करोड १८ लाख ५९ हजार रुपैयाँ लिइ सम्पर्कविहीन भएको खुल्न आएको छ ।

साथै चौधरीले वर्किङ भिसामा लगाई श्रम स्वीकृति समेत निकाली फिलिपिन्स पुराएकोमा त्यहाँको अध्यागमनले पीडितहरूलाई ब्राजिलका नक्कली कागजात भनी फिर्ता पठाएको, पीडितहरू नेपाल फर्केपछि पुनः दिल्ली पुगाइ होटलमा बन्धक बनाएको र पीडितहरूले ३९ लाख रुपैयाँ बुझाएपछि होटलबाट मुक्त भएको समेत खुल्न आएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...