Satyawati
Division ban Pahalmanpur

सुदूरपश्चिममा आगलागीबाट २४ वटा घर पूर्ण रुपमा जलेर खरानीमा

Purbadhar dadeldhura

धनगढी- बैतडीमा जङ्गलमा लागेको डढेलोमा परि हालै मात्र दुई महिला घाइते भए । जिल्लाको दशरथचन्द नगरपालिका–१ देउमडाकी ५४ वर्षीया मनमती भुल र ४६ वर्षीया धौली भुल डढेलोमा परेर घाईते हुन पुगेका हुन् । घाइते दुवैलाई  स्थानीयले उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाउने काम गरेका थिए । घरनजिकैको जङ्गलमा घाँस काट्ने क्रममा हुरीसँगै आएको डढेलोमा परेर दुवै महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

हाल दुवैको अवस्था सामान्य छ । बैतडीमा मात्र नभएर आगलागीका घटना यसरी सबैतिर फैलिन पुगेको छ । सुदूरपश्चिममा अहिलेसम्म आगलागीबाट २४ वटा घर पूर्ण रुपमा जलेर खरानीमा परिणत भएका छन् । बैशाख सुरु भएयता प्रदेशभित्र आगलागीका घटना भयावह रुपमा बढ्न सुरु भएको हो ।

Malpot office dadeldhura

सुदूरपश्चिममा मात्र मंगलबार सम्म २ सय २० आगलागीका घटना घटेका छन् । ती आगलागीका घटनामा परेर ६ महिला सहित १० जनाको मृत्यु भइसकेको छ । आगलागीका घटना प्रदेशका नौवटै जिल्लामा एक पछि अर्को बढ्दै गएको छ । चैत अन्तिमसाता देखि आगलागी हुन सुरु भएको थियो । त्यसयता १७ महिला र १२ पुरुष गरि २९ जना आगलागीमा परेर घाइते भएका छन् ।

२ सय ४६ परिवार प्रभावित बन्न पुगेको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरणमा उल्लेख छ। आगलागीबाट ३३ वटा घरमा आंशिक क्षति पुगेको छ भने २४ वटा घर जलेर खरानीमा परिणत भएका छन् । साथै ६६ वटा गोठमा आगलागी हुँदा ९१ वटा पशुचौपायामा क्षति पुगेको छ । आगलागीबाट अहिले सम्म ५ करोड ७८ लाख १९ हजार ७ सय मूल्यको धनमाल जलेर नष्ट भएको अनुमान समेत गरिएको छ ।

त्यसैगरी सुदूरपश्चिममा नौ वटै जिल्लामा गरि अहिले सम्म १९ वटा जङ्गलमा डढेलो लागेको छ । जङ्गलमा डढेलो लाग्दा जीवजन्तुको अस्थित्व नै सङ्कटमा परेको छ । सामुदायिक, राष्ट्रिय र संरक्षित वन क्षेत्रमा समेत डढेलो लागेको हो । वनमा लागेको डढेलो वस्ती सम्म फैलिँदा धेरैका घर तथा गोठ समेत जलेर धनमाल नष्ट हुन पुगेको छ ।

जङ्गल आगलागीबाट मात्र अहिले सम्म तीन जना घाइते भएका छन् । यसबाट १८ परिवार प्रभावित भएका छन् । ६ घर आंशिक र ४ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । ६ गोठमा आगो सल्केर यसबाट ६ पशुचौपायामा क्षति पुगेको छ । जङ्गल आगलागीबाट मात्र मंगलबार सम्म २३ लाख ६० हजार मूल्यको धनमाल जलेर नष्ट भएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...