Satyawati
Division ban Pahalmanpur

कैलालीमा सुधारगृहमा राखिएका शाहीको छतबाट खसेर मृत्यु

Purbadhar dadeldhura
Malpot office dadeldhura

अत्तरिया- कैलालीमा सुधारगृहमा राखिएका एक युवकको छतबाट खसेर मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–४ भालुफाटामा रहेको नयाँ बाटो पुर्नः स्थापना केन्द्र (सुधारगृह) मा रहेका २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज बिहान करिब ३ः३० बजेको समयमा शाही एक तले छतबाट खसेका हुन् । खसेर घाइते भएका शाहीको घोडाघोडी अस्पतालमा आजै मृत्यु भएको हो ।
मृतकका आफन्तले घट्नाको निष्पक्ष अनुसन्धान हुनपर्ने बताएका छन् । मृतकका बुवा धनराज शाहीले छोराको हत्या भएको हुन सक्ने भन्दै निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका छन् । शाहीलाई गत पुसमा सुधार केन्द्रमा राखिएको आफन्तले बताएका छन् ।

Dadeldhura Aspatal & Ban
Loading...