Satyawati
Division ban Pahalmanpur

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सरोकारवालासँग छलफल

Purbadhar dadeldhura

अत्तरिया- सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धी स्थानीय कानुनबारे सरोकारवालासँग छलफल गरिएको छ । महिला कानुन र विकास मञ्च (एफडब्लुएलडि), सि आर आर, केयर नेपाल र निड्स नेपालको संयुक्त आयोजनामा कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधीहरु, कार्यपालिका सदस्यहरू लगायत शाखा प्रमुखहरूसँग अत्तरियामा छलफल गरिएको हो ।

छलफलमा महिला कानुन र विकास मञ्चका प्रतिनिधि अधिवक्ता दिपेश श्रेष्ठ, केयर नेपालका प्रतिनिधि कालीदाश जोशी र गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले प्रस्तुती राखेका थिए भने अधिवक्ता रेणु प्रधान श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन् । आफ्नो प्रस्तुती राख्दै अधिवक्ता श्रेष्ठले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धी स्थानीय कानुनका बारेमा स्पष्ट पारेका थिए ।

Malpot office dadeldhura

त्यस्तै स्वास्थ्य शाखा प्रमुख अवस्थीले गोदावरी नगरपालिकामा सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यका बारेमा नगरपालिकाले प्रदान गर्दै आएका सेवा बारे जानकारी गराएका थिए । उनले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यका विषयमा स्वास्थ्य शाखा गम्भीर रहेको भन्दै कानुन बमोजिमका कार्यक्रमहरू लागू गर्दै आएको बताए ।

तर सूचना अभावका कारण कतिपय राम्रा कार्यक्रम तथा सेवाहरू तल्लो वर्गसम्म पुर्याउन नसकिएको उनले बताए । कार्यक्रममा आफ्नो भनाई राख्दै गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकायाले संघ संस्थाहरूले बेला बेलामा झक्कयाउने गरे आफुहरुलाई पनि काम गर्ने जाँगर आउने बताइन ।

“हाम्रो नगरपालिकामा सुरक्षित मातृत्व सम्बन्धी सेवा प्रदान गर्न नगरपालिकाले सक्दो प्रयास गरिहेको छ, उनले भनिन् आगामी दिनमा पनि उपलब्ध सेवाहरुलाई प्रभावकारी बनाउन प्रयासरत रहनेछौँ ।”

Dadeldhura Aspatal & Ban
Loading...