Satyawati
Division ban Pahalmanpur

बैतडीमा जिप दुर्घटनामा सात जना घाइते

Purbadhar dadeldhura

बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइते मध्ये चार अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेलाई धनगढी रेफर गरिएको छ ।

बुधवार विहान २ः३० बजेको समयमा बैतडीको सुर्नया गाउँपालिका–३, सिदुन स्थित सतबाँज गोकुलेश्वर सडक खण्डमा धनगढीबाट बैतडी, तल्लादेही तर्फ जाँदै गरेको सु.प.प्र.०२००१ज ३८५ नं.को. बोलेरो जिप दुर्घटनामा परेको हो । जिप सडकबाट ६५ मिटर तल खसेको छ ।

Malpot office dadeldhura

दुर्घटनामा परी घाइते हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ९ तल्लादेहीका २७ वर्षीय दिपक पार्की, उनका ८ वर्षीय छोरा प्रदीप पार्की, सोही ठाउँका ४९ वर्षीय धनजीत पार्की, उनकी १५ वर्षीया छोरी रेखा पार्की र सोही ठाउँकी २२ वर्षीया कृष्णा पार्की, डिलाशैनी गाउँपालिका ४ तडीबटाका ३३ वर्षीय करबीर सार्की र ७४ वर्षीय मनोरी सार्की रहेका छन् ।

घाइतेमध्ये प्रदीप र रेखालाई थप उपचारका लागि धनगढी रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता ,प्रहरी निरीक्षक नन्दराज जाेशीले बताए । अन्य घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।

जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ६५ मिटर तल खसेको बताइएको छ। जिप चालक पुर्चौंडी नगरपालिका ९ तल्लादेहीका २३ वर्षीय सुरेन्द्र पुजारा फरार रहेका प्रहरीले जनाएको छ । जिपकाे ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...