Satyawati
Division ban Pahalmanpur

लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

Purbadhar dadeldhura

अत्तरिया- लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपाल सुदूरपश्चिम प्रदेशले भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको सभाहलमा “वाचौँ, बचौँ र अघि बढौँ, लघुवित्तीय संस्था ज्यादती विरुद्धमा एकजुट होऔं” भन्ने मूल नाराका साथ लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालले भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

 सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष सुनिल चौधरीको अध्यक्षतामा गरिएको कार्यक्रममा  प्रमुख अतिथि संघर्ष समितिका केन्द्रिय उपाध्यक्ष मणि प्रसाद चौलागाईं रहेका थिए । उक्त कार्यक्रममा प्रदेश सचिवालय सदस्यहरू, केन्द्रिय सदस्यहरू, जिल्ला अध्यक्ष तथा सदस्यहरू लगायतको उपस्थिति रहेको थियो । 

Malpot office dadeldhura

कृष्णपुर नगरपालिकाको गुलरियामा केन्द्रिय सरकारबाट सात मन्त्रालयका प्रतिनिधि सहित आउने निरीक्षण टोलीको स्वागत गर्नका निम्ति आयोजना गरिएको प्रशिक्षण तथा बैठक कार्यक्रम गरिएको हो । कार्यक्रममा काठमाण्डौमा भएको आन्दोलनमा घाईते भएकालाई सम्मान गरिएको तथा विभिन्न जिल्ला समितिहरूले आफ्नो आर्थिक रिपोर्टिङ समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिले सहकारी तथा लघुवित्तमा कालो सूचीमा राखिएका हाम्रा पीडितहरूलाई कालो सूचीबाट निकाल्ने छौ, अझै पनि आन्दोलन हुन सक्ने स्थिति रहेकोले सुदूरपश्चिमबाट सहभागिता बढाउनु पर्ने समय आएको छ, सरकारले हाम्रो कुरा सुनेर स्थलगत निरीक्षण टोली सुदूरपश्चिम प्रदेशबाट निरीक्षण गर्न खटाएको छ यो कुरा हाम्रो आन्दोलनका निम्ति एक आशालाग्दो पक्ष हो, हाम्रो विजय पक्का हुनेछ, स्थलगत निरीक्षणको टोली आउँदा आफ्ना सम्पूर्ण समस्याहरू तथा मागहरू नडराई टोली समक्ष राखी आफ्नो आन्दोलन प्रति सरकारलाई सकारात्मक बनाउन आवश्यक रहेको बताइएको छ । सबैले आफ्ना स्थानीय तहका जनप्रतिनिधिहरू सँग पनि यस विषयमा समन्वय गर्नुपर्ने तथा समाजमा रहेका थप पीडितहरूलाई आफूसँग सङ्गठित गराउन आवश्यक रहेको कुराहरू व्यक्त गरेका थिए । 

अन्य वक्ताहरूले पनि हालसम्म शान्तिपूर्ण कार्यक्रम गरेकोमा अझैपनि सरकारले आफ्ना मागहरू पूरा नगरे उग्र रुपमा अगाडि बढ्नुपर्ने बताएका थिए । सरकारलाई घुँडा टेकाएरै छोड्नुपर्ने, हामीले सरकारलाई घुँडा टेकाउन सकेनौ भने कहिले पनि न्याय पाउन सक्ने छैनौ, सरकारले जसरी पनि आफूहरूको ऋण मिनाहा गर्नुपर्ने, आज सम्म जुन तरिकाले अघि बढेका छौ त्यसरी नै हौसला साथ अघि बढ्ने छौ, हाम्रो आन्दोलन सेलाएको छैन, आउँदो जेठ १५ गते बजेट भाषण सम्म पनि हाम्रो माग सम्बोधन नभए अर्को चरणको आन्दोलनको सुरुवात गरि अराजक तरिकाले अघि बढ्ने छौ लगायत कुराहरू राखेका थिए ।

Dadeldhura Aspatal & Ban
Loading...