यौन तथा प्रजननका सम्बन्धमा गोदावरीको नीतिगत व्यवस्था सम्बन्धी छलफल

अत्तरिया- विपद्मा यौन तथा प्रजनन स्वास्थ्य अधिकार संरक्षण सम्बन्धमा कैलालीको गोदावरी नगरपालिकाबाट भएका नीतिगत व्यवस्था सम्बन्धी छलफल गरिएको छ । 

महिला कानुन र विकास मञ्च (एफब्लूएलडी) ले मंगलबार अत्तरियामा एक कार्यक्रमको आयोजना गरी गोदावरीका नगर प्रमुख, उप प्रमुख लगायतका जनप्रतिनिधि, शाखा प्रमुखहरू र नगरका सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरू सँग छलफल गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

गोदावरी नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ कार्यविधि, २०७७ जारी भएको र उक्त कार्यावधिमा प्रजनन स्वास्थ्य सम्बन्धी नीतिगत व्यवस्था भएको बताईएको छ ।

Dadeldhura hospital

त्यस्तै स्वास्थ्य नीतिमा सुरक्षित मातृत्व, खोप, पोषण तथा परिवार नियोजन सेवालाई प्राथमिकताका साथ उपलब्ध गराउने, विपद्मा समुदायमा रहेका महिला गर्भवती, सुत्केरी वा शिशुलाई स्तनपान गराउने, महिला बालबालिका, किशोरकिशोरी, वृद्धवृद्धालाई सुरक्षित स्थानमा लान प्राथमिकता हुने नीतिगत व्यवस्था गरिएको बताईएको छ ।

नगरपालिकाको भू उपयोग नीति २०७९ जारी भई जोखिम संवेदनशीलताका आधारमा भूमिको वर्गीकरण गरि सुरक्षित आवासीय क्षेत्रको रुपमा वर्गीकरण गरेको छ ।

त्यस्तै नगरपालिकाको लैंगिक समानता तथा सामाजिक समावेशीकरण मार्गदर्शन, २०८० जारी भएको छ । जस्ले पालिकाबाट सञ्चालन हुने सबै प्रकारका क्रियाकलापमा लैंगिक समानता तथा सामाजिक समावेशी मैत्री बनाउने उद्देश्य लिएको छ ।

नीति बनाउने कुरामा नगरपालिका अग्रणी स्थानमा रहेको महिला कानुन र विकास मञ्चका प्रतिनिधिको भनाई छ । गोदावरीका नगर प्रमुख बिरेन्द्र भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन अधिवक्ता रेणु प्रधान श्रेष्ठले गरेकी थिइन। गोदावरी नगरपालिकालाई कार्यक्षेत्र बनाएको महिला कानुन र विकास मञ्चले नीतिगत रुपमा प्रदेश र संघीय सरकारलाई पनि सहयोग गर्दै आएको छ ।

Loading...