Satyawati
Division ban Pahalmanpur

सुदूरपश्चिमको ९ प्रतिशत जनसंख्यामा छैन मोबाइलको पहुँच

Purbadhar dadeldhura

धनगढी- सुदूरपश्चिम प्रदेशका नागरिकले अहिले पनि विविध समस्याको सामना गर्नु परेको छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको लामै समय विति सक्दा पनि यहाँका नागरिकको अवस्थामा खासै सुधार आउन सकेको छैन् । राजनीतिमा लागेका नेता एवं कार्यकर्ताको दैनिक जीवनशैलीमा ठुलै परिवर्तन आएको देखिएपनि राजनीतिबाट टाढा रहेका हरुको अवस्था भने अहिले पनि उस्तै छ ।

Malpot office dadeldhura

अहिलेको आधुनिक युगमा पनि यहाँको ९ प्रतिशत जनसंख्या सामान्य मोबाइल सेवाको पहुँचबाट समेत टाढा छ । यहाँको ९ प्रतिशत जनसंख्या यो सुविधाबाट अझै वञ्चित हुन पुगेको हो । मोबाइल पछि कम्प्युटर र ल्यापटप रहेको परिवार संख्या पनि जम्मा ६ दशमलव ५९ प्रतिशत मात्र देखिएको छ । यस्तो सुविधाबाट यहाँको ९४ प्रतिशत जनसंख्या वञ्चित छ ।

सुदूरपश्चिममा चार दशमलव ३९ प्रतिशत परिवार अहिले पनि शौचालय विहीनको अवस्थामा छन् । राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरूले ४.३९ प्रतिशत घरपरिवार अझै पनि शौचालय विहीन रहेको देखाएको हो । सुदूरपश्चिममा १.१३ प्रतिशत परिवारमा कार/जिप/भ्यान रहेको तथ्यांकले देखाएको छ ।

यहाँ १५.५९ प्रतिशत घरपरिवारमा मोटरसाइकल/स्कुटर रहेको प्रतिवेदनमा उल्लेख छ । यहाँका नागरिकको औसत आयु ७१.३ वर्ष पुगेको पनि प्रतिवेदनले देखाएको छ । औसत आयु बढ्नुमा स्वास्थ्य प्रणालीमा भएको सुधार, सचेतना, बालबालिकाले पाइरहेको पोषण र जन्मेदेखि हुर्किंदा सम्म पाउने लालनपालनले समेत ठूलो भूमिका खेलेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...