Satyawati
Division ban Pahalmanpur

कञ्चनपुरमा खुल्यो सशस्त्र प्रहरीको ‘एपीएफ’ स्कुल

Purbadhar dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा एपीएफ स्कुल खुलेको छ । प्रदेशमै पहिलो पटक सशस्त्र प्रहरी बल नेपालले विद्यालय सञ्चालनमा ल्याएको हो । सशस्त्र प्रहरी बलले जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ झलारी–पिपलाडीमा ‘नेपाल एपीएफ स्कुल’ सञ्चालनमा ल्याएको हो । सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी कोषले चालू शैक्षिक सत्र २०८१ देखि आधारभूत तहको विद्यालय सञ्चालनमा ल्याएको छ । 

Malpot office dadeldhura

सोमबार सो एपीएफ विद्यालयको उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले विद्यालयको उद्घाटन गरेका हुन् । सशस्त्र प्रहरीले कञ्चनपुर सहित देशभरका चार स्थानमा विद्यालय सञ्चालन गरेको बताउँदै एपीएफ स्कुलबाट भावी दिनमा देशलाई चाहिने जनशक्ति उत्पादन गरिने उनले बताए ।

नेपाल एपीएफ स्कुल झलारीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रेम रावलले कक्षा चारमा ३३ र कक्षा पाँच मा ७२ गरी पहिलो वर्ष एक सय पाँच विद्यार्थी भर्ना भएको बताए । छात्र ९२ र छात्रा १३ जना रहेका छन् । संगठनको योजना अनुरूप विद्यालयमा सशस्त्र प्रहरी बलका कर्मचारीका सन्तान एवं सर्वसाधारणका सन्तान अध्ययनरत छन् ।

विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन, नैतिकवान विद्यार्थी उत्पादन गर्ने लक्ष्य अघि सारेको एसपी रावलले बताए । वैशाख १८ गते देखि नियमित कक्षा सञ्चालन भएका छन् । विद्यालयमा हाल ६ जना शिक्षक–शिक्षिका कार्यरत छन् । आगामी वर्ष देखि कक्षा थप हुँदै जाने एपीएफ विद्यालयले जनाएको छ । हाल विद्यालय सशस्त्र प्रहरी बल ३५ नम्बर गणकै भवनमा सञ्चालन भएको छ । विद्यार्थीलाई बसोवासदेखि खानपिनको व्यवस्थासँगै जिल्लामै पहिलोपटक एपीएफले विद्यालय सञ्चालनमा ल्याएको हो ।

Dadeldhura Aspatal & Ban
Loading...