Satyawati
Division ban Pahalmanpur

चट्याङ लागेर बैतडीमा एक भैंसी मर्यो

Purbadhar dadeldhura
Malpot office dadeldhura

बैतडी- बैतडीमा चट्याङ लागेर एक भैंसी मरेको छ । जिल्लाको पाटन नगरपालिका वडा नम्बर १ लदौलीका तेजराज भट्टराईको घरमा चट्याङ पर्दा गोठमा बाँधेको भैंसी मरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।

सोमवार राति भट्टराईको घरमा चट्याङ परेको कारण विद्युतको मिटर बक्समा क्षति पुगेको छ । चट्याङले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । लामो समय देखि पानी नपरेका कारण वर्षा र हावाहुरी आउँदा चट्याङको जोखिम रहेकाले सतर्कता अपनाउन प्रहरीले आग्रह समेत गरेको छ ।

Dadeldhura Aspatal & Ban
Loading...