Satyawati
Division ban Pahalmanpur

धनगढीमा स्कुटरले मोटरसाइकललाई ठक्कर दिँदा दुई घाईते

Purbadhar dadeldhura

अत्तरिया- कैलालीको धनगढीमा स्कुटरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाईते भएका छन् । जिल्लाका धनगढी उपमहानगरपालिका वडा नम्बर ४ सहिद गेटमा स्कुटरले मोटरसाइकललाई पछाडी बाट ठक्कर दिएको हो ।

Malpot office dadeldhura

मंगलबार बिहान धनगढी वडा नम्बर ४ की मन्जु भट्टले चलाएको सु.प.प्र. ०१००८ प ७४०४ नम्बरको स्कुटरले धनगढी ४ कै कुबेर कुँवरले चलाएको से ३ प ८९७७ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटना हुँदा मोटरसाइकल र स्कुटरका दुबै चालक घाईते भएका छन् । घाईते मोटरसाइकल चालक कुँवरको नवजिवन अस्पताल र स्कुटर चालक भट्टको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

Dadeldhura Aspatal & Ban
Loading...