Satyawati
Division ban Pahalmanpur

गृह सचिव सहित तिन सुरक्षा प्रमुख दार्चुलाको छाङरुतिर

Purbadhar dadeldhura

अत्तरिया- गृह मन्त्रालयका सचिव एकनारायण अर्याल सहित तिन वटा सुरक्षा निकायका प्रमुख दार्चुला पुगेका छन् । सचिव अर्याल सहित नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशक हुतराज थापा दार्चुला पुगेका हुन् ।

Malpot office dadeldhura

आइतबार साँझै धनगढी पुगेका सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सोमबार कैलालीको बनवेहडामा अवस्थित बडिमालिका जवान तालिम शिक्षालयको २३ औँ वार्षिकोत्सवलाई उद्घाटन गर्नुका साथै कञ्चनपुरको झलारीमा सशस्त्र प्रहरी विद्यालयको उद्घाटन गरेका थिए ।

गृह सचिव अर्याल, प्रहरी महानिरीक्षक कुवँर र राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशक हुतराज थापा सोमबार राती मात्रै धनगढी पुगेका हुन् । सोमबार धनगढी बसेका सुरक्षा प्रमुख सहित गृह सचिव अर्याल मंगलबार बिहानै दार्चुला प्रस्थान गरेका छन्। उनीहरु आज नेपाल भारत सिमा नजिक पर्ने छाङरुटिकंर क्षेत्रको निरीक्षण गर्ने बताइएको छ । दार्चुलाको सो ठाउँ निरीक्षक पछि सो टिम बझाङ, अछाम हुँदै नेपालगन्ज जाने तालिका रहेको छ ।

Dadeldhura Aspatal & Ban
Loading...