गोदावरी नगरपालिका-१२ मा ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविर सञ्चालनमा

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । पद्मा अस्पताल प्रालिको प्राविधिक सहयोगमा सोमबार देखि सुरु भएको हो । शिविर आज मंगलबार सम्म सञ्चालन हुने छ ।

स्वास्थ्य शिविरमा सञ्चालन कार्यक्रममा नगर प्रमुख विरेन्द्र भट्टले ज्येष्ठ नागरिक आमा बुवा, दाजु भाइले शिविरको सदुपयोग गरी सेवा लिन आग्रह गरे । जनता कोही पनि अकालमै जीवन बेतित गर्न नपरोस, पालिकाले घरदैलोमा नै स्वास्थ्यकर्मी परिचालन गरेकोले सबैले आ–आफ्नो गाउँठाउँमा स्वास्थ्यकर्मी आउँदा उहाँलाई सबै समस्या भनि दिन मेयर भट्टले आग्रह समेत गरे । पालिकाको बजेटले धाने सम्मका लागि सबै ज्येष्ठ नागरिक, दलित, महिला, अपाङ्ग लगायतलाई सेवा दिने भट्टले बताए ।

Navadurga sun

स्वास्थ्य शिविर कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रवक्ता तथा वडा न. १ का वडा अध्यक्ष गोापल दत्त भट्टले ज्येष्ठ नागरिक सँगै अन्य पिछडिएका सबैलाई स्वास्थ्यको पहुँच पुग्ने गरी कामकाज अगाडि बढाएको बताए ।

पालिकाले महिला, ज्येष्ठ नागरिक, दलित, बालबालिकाकालाई लक्षित गरी स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरेको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए । केही दिन अगाडि गोदावरी ४ को हाटखोलीमा शिविर सञ्चालन गरेको थियो ।

अत्तरियाको पद्मा अस्पताल मार्फत गोदावरी नगरपालिका वडा नं १२ को कोलमुडामा शिविरको आयोजना गरिएको हो । गोदावरी नगरपालिका वडा नं १२ को आर्थिक सहयोगमा सञ्चालन हुन गैरहेको स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टरहरू फिजिसियन, अर्थो, महिला रोग विशेषज्ञ, आँखा रोग विशेषज्ञ, मेडिकल रोग विशेषज्ञ लगायत अन्य समस्या भएकाहरूका लागि चेकजाँच तथा उपचारको लागि शिविर सञ्चालन आएको छ ।

त्यस्तैगरी शिविरलाई प्राविधिक सहयोग पुर्याउँदै आएका पद्मा अस्पतालका निर्देशक डा. नर बहादुर मौनीले गाउँ बस्तीमा शिविरले सबैलाई क्रमिक रुपमा स्वास्थ्य परीक्षणमा सक्ने सहयोग गर्न पाउँदा खुशी भएको बताए । स्वास्थ्य शिविर कार्यक्रमको अध्यक्षता वडा न. १२ का अध्यक्षले ज्येष्ठ नागरिकका लागि २ लाख बजेट छुट्याएका बताए । नागरिकलाई बुझ्दै जादा स्वास्थ्य शिविर प्रभावकारी रहने र अहिलेको आवश्यकता रहेकोले हामीले शिविर संचालन गरेको उनको भनाई छ ।

स्वास्थ्य शिविरमा डाक्टरहरू पदमा अस्पतालका निर्देशक डा. नर बहादुर मौनी, डा. गणेश फुलारा, डा. बेन्जु कोइराला, डा. जीवानन्द बिष्ट, डा. टेकराज खत्री, मञ्जु साउद, अस्पताल सञ्चालक विवेक शाह लगायतका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...