Satyawati
Division ban Pahalmanpur

सशस्त्र प्रहरी बल बडिमालिका जवान तालिम शिक्षालयको २३ औं स्थापना दिवस

Purbadhar dadeldhura

अत्तरिया- सशस्त्र प्रहरी बल नेपाल बडिमालिका जवान तालिम शिक्षालयको २३ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाइएको छ ।

Malpot office dadeldhura

सशस्त्र प्रहरी बल नेपाल बडिमालिका जवान तालिम शिक्षालयको २३ औं स्थापना दिवस विविध कार्यक्रम गरि सोमबार मनाइएको छ । संगठनका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा वनवेहडामा विविध कार्यक्रम गरि मनाएको हो ।

सो अवसरमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिनुको साथै विभिन्न खेल विधाका विजेता खेलाडीलाई मेडल प्रमाणपत्र दिइएको थियो । कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआइजीहरू, स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो । उक्त शिक्षालय २०५८ मा स्थापना भएको थियो ।

समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी भन्ने बित्तिकै सीमाको सुरक्षा भन्ने आम मानिसमा धारणा बनेको बताए । उनले अनुशासित र इमान्दार भएर काम गर्न प्रहरी जवान तथा अधिकृतलाई निर्देशन समेत दिए । शिक्षालयका प्रमुख निरकृष्ण अधिकारीले कार्यक्रममा उपस्थित सबैलाई सो अवसरमा धन्यबाद ब्यक्त गरे ।

Dadeldhura Aspatal & Ban
Loading...