Satyawati
Division ban Pahalmanpur

व्यवसायीहरूको पहलमा महिला तथा बालबालिका सेभ हाउसमा सिसी क्यामेरा जडान

Purbadhar dadeldhura
Malpot office dadeldhura

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा सिसी क्यामेरा जडान गरिएको छ । संस्थाको सुरक्षालाई मध्य नजर गर्दै ४ वटा सिसी क्यामेरा जडान गरिएको हो । अत्तरिया उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दल बहादुर खड्का, सदस्यद्वय ज्ञानेन्द्र खड्का र बालकृष्ण ओझाको व्यक्तिगत पहलमा उक्त सिसी क्यामेरा जडान गरिएको हो ।

केही दिन यता संस्थामा चोरीको प्रयास हुन थालेपछि व्यवसायीहरूले आफ्नो पहलमा क्यामेरा जोडेका हुन । संस्थाकी अध्यक्ष  जानकी मलासीले अब क्यामेरा जडान भएपछि रातिको समयमा पनि आफूहरू सुरक्षित हुने बताइन । व्यवसायी खड्काले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्य गरिरहेको संस्थालाई आफूहरूले सहयोग गरेको बताए ।

Dadeldhura Aspatal & Ban
Loading...