बैतडीमा श्रीमानद्वारा श्रीमती माथि चक्कु प्रहार

बैतडी- बैतडीमा श्रीमानले आफ्नै श्रीमती माथि चक्कु प्रहार गरेका छन् । बैतडीको दोगडाकेदार–२ कफलकोटका ३४ वर्षीय महेश महराले आफ्नी श्रीमती ३२ वर्षीया वसन्ती महरा माथि चक्कु प्रहार गरेका हुन् ।

आइतबार घरको आगनमै वसन्ती माथि महेशले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । चक्कु प्रहारबाट वसन्तीको कम्मरमा घाउ भएको छ । उनको जिल्ला अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ । आफ्नै श्रीमती माथि चक्कु प्रहार गर्ने महेशलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।

Loading...