कैलाली र कञ्चनपुर अदालतबाट दोषी ठहर भई फरार प्रतिवादी पक्राउ

धनगढी- कैलाली र कञ्चनपुर अदालतबाट दोषी ठहर भई फरार रहेका १४ प्रतिवादी पक्राउ परेका छन् । अदालतबाट बिभिन्न मुद्दामा दोषी ठहर भएका र लामो समय देखि फरार भएका १४ जना प्रतिवादीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

Ganyapdhura gau

कैलालीबाट चेक अनादर मुद्दामा दोषी ठहर गौरीगंगा नगरपालिका–७ की ४२ वर्षीया सुस्मा देवी, वन मुद्दामा दोषी ठहर गोदावरी नगरपालिका–४ का ४२ वर्षीय प्रेम सिंह, सोही मुद्दामा गोदावरी नगरपालिका–४ का ६७ वर्षीय धोजराज भट्टराई, चोरी मुद्दामा १ लाख ७० हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–६ का २८ वर्षीय रामभजन राना पक्राउ परेका हुन्।

Navadurga sun
Dadhaldhura pur

त्यस्तै गाली बेईज्जत मुद्दामा दोषी ठहर धनगढी उपमहानगरपालिका–६ का ६८ वर्षीय रामबहादुर बोगटी, चेक अनादर मुद्दामा गोदावरी नगरपालिका–९ का ३४ वर्षीय दिर्घ पार्की र चेक अनादर मुद्दामा टीकापुर नगरपालिका–१ का ५२ वर्षीय तपेन्द्रबहादुर शाह पक्राउ परेका छन् । अदालतबाट दोषी ठहर भएर फरार भएकाहरूलाई आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको सूचना अधिकारी कबिन्द्र सिंह बोहराले बताए ।

जिल्ला अदालत कैलालीले विभिन्न मितिमा जरिवाना तथा दोषी ठहर गरेका तर फरार भएका सातै जनालाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । त्यस्तै कञ्चनपुरमा पनि ७ जना फरार दोषीलाई पक्राउ परेका छन् । जग्गा अतिक्रमण मुद्दामा दोषी ठहर बेदकोट नगरपालिका–७ की ५० वर्षीया हिरा भट्ट, वन मुद्दामा दोषी ठहर पुनर्वास नगरपालिका–११ का ६९ वर्षीय चित्रबहादुर थापा पक्राउ परेका छन् ।

त्यस्तै वन मुद्दामा दोषी ठहर पुनर्वास नगरपालिका–११ का ७३ वर्षीय जगतराम चौधरी, जालसाची मुद्दामा कृष्णपुर नगरपालिका–७ की ४५ वर्षीया प्रेमवती राना, कुटपिट मुद्दामा भीमदत्त नगरपालिका–७ हल्दुखालकी ४० वर्षीया चन्द्रादेवी धामी, २५ वर्षीय मोहन र ३५ वर्षीया भुरीदेवी धामी पक्राउ परेका अदालतले दोषी ठहर गरेका तर लामो समयदेखि फरार भएका सातै जनालाई आइतबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । कैलाली र कञ्चनपुरमा पक्राउ परेका १४ जनालाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । पछिल्लो समय कैलाली र कञ्चनपुरबाट फरार रहेका प्रतिवादी धमाधम पक्राउ पर्न थालेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...