Satyawati
Division ban Pahalmanpur

कैलालीमा बस र मोटसाइकल ठोक्किँदा घाइते भएका ऐरको मृत्यु

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोलामा बस र मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटसाइकल चालक डडेल्धुराको आलिताल गाउँपालिका–१ का अन्दाजी ५५ वर्षीय पूर्ण बहादुर ऐरको मृत्यु भएको हो । उनी सोही वडाका पूर्व वडाध्यक्ष समेत हुन् ।

उत्तरबाट दक्षिणतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १२८७ नम्बरको बस र सुपप्र ०१०११ प ९४७६ नम्बरको विपरित दिशातर्फ आइरहेको मोटरसाइकल ठोक्किएका हुन् । उपचारका लागि धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएकोमा ऐरको मृत्यु भएको हो । बस चालक भने फरार रहेको र उनको खोजी भइरहेको बताइएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...